धुन लाइ बन्द गर्न तल थिच्नुहोस

start free mp3 download

ख्रिस्ट १००% मानिस १००% ईश्वर गलत शिदान्त - बाइबलिय सत्यता

यूहन्ना २०:२८ थोमाले भने -"मेरा प्रभु र मेरा परमेश्वर!"  


मैले यस्ता प्रोटेस्ट भएका तर क्याथोलिज्मले ग्रस्त भएका थुप्रै मण्डलीहरु देखिसकेको छु, जोहरू नेपाली उखान "मेरो गोरुको बाह्रै टक्का" भनेझै बाइबल भन्दा बाहिरको शिक्षालाइ समेत यो इसाइहरुले मान्नै पर्छ भनेर जबर्जस्ति लादने गर्दछन | चाड, उत्सव, रिति-थिति, पर्वहरु एउटा उक्काएर फ्याक्न निक्कै कठिन हुने परम्परा बनेर रहेको छ जुन कुराहरु बाइबलमा नभएता पनि इसाई समुदायले मान्नै पर्ने परम्परा बनेको छ | त्यति मात्र नभएर त्यस्ता थुप्रै सिक्षा र शिदान्तहरु छन् जुन परमेश्वरको वचनबाट नभई अधिक मात्रामा क्याथोलिक बाट र अरु थुप्रै आ-आफ्नै सम्प्रदायबाट प्रतिपादित छन्, जुन शिक्षा र शिदान्तहरु एउटा परम्परावादी सिक्षा भईसकेको कारण झट्ट सुन्दा सत्य जस्तो लागे पनि रहस्य कोट्याउदा बाइबलिय सत्य भन्दा निक्कै फरक भएको पाइन्छ |  तर आजभोलि परिस्थिति यति सम्म भैसक्यो कि कालो लाइ जबर्जस्ति सेतो हो भन्न बाद्य हुनु परेको छ भनाइ को तात्पर्य अबाइबलिय शिक्षालाइ पनि जबर्जस्ति बाइबलिय नै हो भनेर स्विकार्नु पर्ने भएको छ यदि कसैले यो बाइबलिय होइन भन्यो भने तपाइँ सिधै "झुटा शिक्षा" को सुची भित्र धकेलिनुहुनेछ | 
आज म एउटा शंदर्भ लाइ कोट्याउदैछु त्यो हो "ख्रिस्ट येशु के १०० % मानिश र परमेश्वर हुनुहुन्छ?" 


बर्सौदेखी सुन्दै आईरहेको छु यो शिदान्त, बाइबल मा नालेखियेता पनि करिब ९५ प्रतिशत प्रोटेस्टेन्ट मण्डली हरुले दिलोज्यानले विश्वाश गरेको पाइन्छ | जब पहिलो पल्ट मैले यो शिदान्त लाइ कुनै एउटा सेमिनारमा सुन्ने मौका पाएको थिएँ तब मेरो मनमा एउटा कौतुहलता पैदा भएको थियो के यो बाइबलिय नै हुन् त् भन्ने | यो विषयलाइ लिएर अद्ययन गर्दा थुप्रै बाइबलविद अनि लेखक  लगायतका मानिसहरुले आ-आफ्नै ढंगले प्रस्ट्याउन खोजिएको पाइयो तर शारंशमा बाइबलिय तत्वलाइ कतै पनि प्रमाणको रुपमा उभ्याउन सकेको पाइन | बाइबल मा येशु ख्रिस्ट १०० प्रतिशत मानिस र परमेश्वर दुवै हुनुहुन्छ भन्ने केहि आधार हरु भएता पनि प्रमाण भने पटक्कै छैन | 

आउनुहोस सुरु गरौ: 
म एउटा तुच्छ मानिसले उहाँ कति प्रतिशत इस्वरत्व हुनुहुन्छ भनेर तौलने वा किटान गर्ने को हुँ र ! म किन उहाँलाई प्रतिशत को हिसाबले कति सम्म परमेश्वर हुनुहुन्छ भनेर ठहराउने? उहाँकोहरुको महानता असिमित छ त्यहाँ कुनै सिमित नाप वा तौल मा राखेर तुलना गर्नु खोज्नु चाहि महा-मुर्खता हुन जान्छ | तर थुप्रै मानिसहरुले ख्रिस्टलाइ मानिस को संज्ञा समेत दिएर अझ उहाँ १००% मानिस हुनुहुन्छ भनेर विना सबुत बर्सौ देखि एउटा पारम्परिक शिक्षाको रुपमा मण्डली मा लादने गरेको पाइन्छ | कत्रो हिम्मत! अनि उनीहरुको ख्रिस्ट येशु १००% मानिस हुनुहुन्छ भन्ने आधार हरु पनि म प्रस्तुत गर्दछु किनकि मैले मेरो एकोहोरो कुरा राखेर मात्र कदापि हुदैन | अनि आधार हरु चाही यिनै हुन:
-  मत्ती १:१८-२५ "उहाँ मानिस जसरि स्त्रीबाट जन्म लिनु भयो"
- मत्ती ४:२ र यूहन्ना ४:६ "उहाँ मानव शरीरमा हुनुहुन्थ्यो र मानिस जस्तै भोकाउनु भयो, तिर्खाउनुभयो र थकान महशुस गर्नुभयो" 
- यूहन्ना १९:३४ "उहाँले दुःख भोग्नु भयो अनि मर्नुभयो" 
- १ यूहन्ना १:१ "उहाँलाई देख्न सुन्न र छुन सकिन्थ्यो" 
- मत्ती २६:३७ "उहामा भावनात्मक र वॉद्दिक गुण हरु थिए" 

यतिका आधार हरु भएपछी प्रश्न उठ्न सक्छ तब कसरि मानिस हुनुहुन्न? 
तर अझै म लेख्छु यी त भए उहाँमा भएका मानिस स्वाभाव हरु तर उहाँ मानिस नै हुनुहुन्छ भन्ने प्रमाण यतिमा पूर्ण छैन | ख्रिस्ट मानिस हुनुहुन्छ भन्ने कुरालाई स्वीकार गर्न सक्दिन किनकि उहाँ स्वर्गीय वर्ग परमेश्वर जाति हुनुहुन्छ अनि उहाँ १००% परमेश्वर हुनुहुन्छ भनेर पनि भन्दिन तर उहाँ पूर्ण रुपमा परमेश्वर वर्ग हुनुहुन्छ भन्न रुचाउछु | यदि तपाइँ पनि बर्सौदेखी सोहि शिदान्तमा अल्झिदै आउनुभएको छ भने आज तपाइले थाहा पाउनुहुनेछ कि उहाँ वास्तवमा को हुनुहुन्छ भनेर | 

-ख्रिस्ट र येशु के एउटा व्यक्ति हुन? 
९९% मानिसहरुले विफल हुने कुरा हो यहि हो "ख्रिस्ट र येशु" एउटा व्यक्तित्व हुन त! सायद सोच्दै हुनुहुन्छ होला कि म्याम्स के लेखिरहेको छ भनेर, हो म यहाँ "ख्रिस्ट" र "येशु" को भिन्न-भिन्न परिचय दिदैछु | नआतिनुहोस मैले ख्रिस्ट येशु दुई वोटा फरक व्यक्ति नै हुनुहुन्छ भनेर पनि भानिहालेको छैन एकछिन धैर्य गर्दै पढ्नुहोस | 

ध्यान दिनुहोस, 
जब तपाइँ अथवा म आफ्नो निम्ति परिचय दिन्छौ र भन्छौ "म", "मेरो शरीर", मेरो हात आदि ईत्यादि | 
प्रश्न :- बोल्ने को हो? 
जवाफ :- म 
प्रश्न :- के को बारेमा? 
जवाफ :- मेरो बारेमा |
जब म बोल्छु तब मेरो शरीरलाइ माध्यम बनाउछु, जब म बोल्छु बाहिर आवाज प्रस्फुटित गर्न शरीर को प्रयोग गर्छु तर "शरीर चाहिं म होइन" तर शरीर भित्र को चाहिं "म" हो | आत्मा जुन परमेश्वर बाट आएको हो (उपदेशक १२:७) त्यो चाहिं वास्तविक "म" हो तर शरीर जुन माटो बाट आएको (उपदेशक १२:७) वास्तविक "म" होइन तर मेरो निम्ति दिइएको खोल मात्र हो | तर शरीर विसेस मानिस हरुको लागि दिइएको कारण यसलाई "मानव शरीर" भनिन्छ जुन शरीर यो पृथ्वीको अनुकुल छ | एउटा गज्जब को उदाहरण : जब तपाइँ चन्द्रमा जानुहुन्छ भने तपाई आफ्नो खुल्ला मानव शरीर को आवरण लिएर जान असम्भव छ किनकि मानव शरीर मात्र पृथ्वीको लागि दिइएको हो | तब चन्द्रमा जान कुनै कम्पनिले विशेस प्रविधि अपनाएर बनाईएको खोल हुन्छ त्यो प्रयोग गर्नु पर्दछ तर जब तपाइँ त्यो खोल ओढ्नुहुन्छ त्यो खोल लाइ मानिस भनिंदैन तर खोल भित्रको लाइ "मानिस" भनिन्छ | तसर्थ जब तपाइँ यो धर्तिमा हुनुहुन्छ तपाइँ मानव शरीर भन्ने खोल ओढ्नु भएको हुन्छ तर वास्तविक मानव चाहिं शरीर भित्र को आत्मा हो | चन्द्रमा जादा ओढ्ने खोलको पनि राम्रो हेरचाह गर्नु पर्छ विशेस केमिकल हरु अनि सरसफाई मा ध्यान दिएर खोल लाइ जोगाइराख्नु आवस्यक छ त्यस्तै मानिसको होइन तर मानिस को खोल मानव शरीर लाइ जोगाइराख्न पनि खाना पानि को औसधिको कपडाजन्य वस्तुहरु को आवस्यकता पर्छ | तर वास्तविक मनुस्य आत्मालाई ति कुराहरुको आवस्यकता पर्दैन | 
जब तपाइँ बोल्नुहुन्छ तपाइको शरीर को मुख भएर आवाज प्रस्फुटित हुन्छ तर बोल्ने शरीर होइन तर शरीर भित्र को तपाइँ "मानिस" हुनुहुन्छ, जब तपाइँ एकदिन स्वर्गमा हुनुहुनेछ तब तपाइँ परमेश्वर संग बोल्न लाइ यो शरीर खोल को आवस्यकता पर्नेछैन तर शरीर विना पनि अझै बोल्नुहुनेछ त्यो चाहिं वास्तविक मनुस्य हो तर तपाइले ओढ्नु भएको खोल चाहिं "तपाइँ" होइन तर तपाइको निम्ति दिइएको खोल हो त्यसैले यो भोकाउने, तिर्खाउने, आशु झार्ने शरीर "मानिस" होइन तर मानिसको निम्ति दिइएको खोल "मानव शरीर" हो |   

अब अर्को कुरा थोरै ध्यान दिनुहोस:
-स्वर्गमा - इश्वर वर्ग 
-धर्तीमा - मानव वर्ग 
अनि अर्को जनावर वर्ग पंक्षि वर्ग आदि इत्यादि

ख्रिस्ट ईस्वरिय वर्ग अथवा परमेश्वर जाति हुनुहुन्छ उहाँ मानव अनि पशुपन्क्षि वर्ग मा हुनुहुन्न | अनि ईस्वरिय वर्ग सधै "आत्मिक" हुनुहुन्छ अर्थात् ख्रिस्ट "आत्मिक ईस्वर" हुनुहुन्छ | जब ख्रिस्ट धर्तिमा आउनुभयो तब उहाँले मानव शरीरमा प्रवेश गर्नुभयो तर मानब मा प्रवेश गर्नु भएन, अगि माथि उल्लेख गरेझै हाम्रो शरीर मानब होइन तर शरीर भित्र को चाहिं मानव हो त्यसैले उहाँले मानव खोल मात्र प्रयोग गर्नु भयो  जुन मरियम द्वारा तयार पारिएको थियो तर "मानव-आत्मा" होइन  | त्यसैले त्यो येशु नामक मानव-शरीर खोल भित्र चाहिं मानव-आत्मा होइन तर ईस्वरिय-आत्मा "ख्रिस्ट" हुनुहुन्थ्यो | ख्रिस्ट को निम्ति शरीर मात्र तयार पारिएको थियो तर वास्तविक ख्रिस्ट चाहिं स्वर्ग बाट आउदै हुनुहुन्थ्यो आउनुहोस पढौ : हिब्रु १०:५- "यसकारण संसारमा आउनुहुँदा ख्रिस्टले भन्नुभयो, बलि र भेटिहरु तपाइले चाहनुभएन, तर तपाईले मेरो निम्ति एउटा शरीर तयार पार्नुभएको छ" 
यसको मतलब ख्रिस्ट संसार आउनुभन्दा पहिले उहाँको निम्ति हाम्रो जस्तै मानव-शरीर तयार पारिदैथियो र त्यसपछि ख्रिस्ट त्यो मानव खोल मा प्रवेश गर्नु भयो जुन खोलको नाम चाहिं "येशु" थियो तर येशु नै ख्रिस्ट हुनुहुन्नथ्यो तर येशु नामक मानव खोलभित्र चाहिं ख्रिस्ट परमेश्वर वर्ग को आत्मा हुनुहुन्थ्यो | जुन येशु नामक मानव-शरीर लाइ भोक लाग्थ्यो, प्यास लाग्थ्यो हाम्रो शरीर ले जस्तै महशुस गर्दथ्यो तर यसको मतलब यो होइन कि ख्रिस्टलाइ पनि भोक लाग्छ, प्यास लाग्छ, किनकि उहाँ त परमेश्वर वर्ग को हुनुहुन्थ्यो | 

वास्तवमा मानिस लाइ भोक प्यास लाग्दैन मानिस को खोल मानव-शरीर लाइ लाग्छ र खाना पानि को जरुरत पर्दछ यदि वास्तविक मनुस्य लाइ भोक लाग्ने भए त शरीरको मृत्यु पश्चात पनि खाना पानि औसधिको जरुरत पर्नु पर्ने हो नि होइन र ? मैले लगाउने एडीडास सुट लाइ जोगाइराख्न सरसफाई, केमिकल, ब्रश जस्ता वस्तुको आवस्यक पर्छ तर सुट फाटेपछि ति कुरा हरुको फेरी जरुरत पर्दैन | त्यसैले ख्रिस्ट आत्मिक परमेश्वर हुनुहुन्छ तर मानव होइन किनकि उहाँले हामी मानिसहरुले जस्तै मानव खोल मात्र लगाउनु भएको थियो तर उहाँ मानिस हुनुहुन्न थ्यो उहाँ स्वर्ग बाटा आउने इश्वर-आत्मा हुनुहुन्थ्यो | अनि धेरै को तर्क को कुरा पनि छ त्यो हो उहाँलाइ "मानिस को पुत्र भनियो किनकि उहाँ मानिस हुनुहुन्थ्यो" (मर्कुस १४:६२) | पक्कै पनि मानव जातिले आखाले देखेको छोएको बोलेको "येशु" जो योसेफ र मरियम बाट जन्मिएका थिए उनैलाइ मानवको पुत्र भनेका हुन तर ख्रिस्ट का पिता योसेफ र मरियम होइनन तर परमेश्वर नै उहाँ को पनि पिता हुनुहुन्छ त्यसैले ख्रिस्ट ले योसेफ लाइ पिता भनेर पुकारेनन तर क्रुश बाट पनि परमेश्वर लाइ नै "हे पिता हे पिता..." भनेर पुकारा गरे (लुका २३:३४ र ४६) 
जस्तो कि मेरो शरीर को पिता "शेर बहादुर राइ" हो तर वास्तविक "म" "मेरो" पिता त परमेश्वर हुनुहुन्छ तसर्थ मेरो पिता र मेरो खोलको फरक पिता हुनुहुन्छ | उहाँले मत्ती २३:९ मा हाम्रो वास्तविक पिता को बारेमा भन्दै हुनुहुन्छ पृथ्वीमा कसैलाई पिता नभन तर स्वर्ग मा तिमीहरुको एउटा पिता हुनुहुन्छ" मतलब मैले सेर बहादुर राइ लाइ पिता नभन्ने? सेर बहादुर राइ मेरो शरीर को पिता हो तर मेरो होइन किनकि मेरो पिता चाही परमेश्वर नै हुनुहुन्छ | तसर्थ ख्रिस्टले हाम्रो जस्तै मानव शरीरमा प्रवेश गर्नु भएको हो तर मानव नै अवतार लिनु भएको भने होइन त्यसैले उहाँ मानव होइन तरमेस्वर नै हुनुहुन्थ्यो हुनुहुन्छ र सदा सर्वदा रहनुहुनेछ | 

फेरी उदाहरण: एडीडास कम्पनि ले मेरो निम्ति एउटा गज्जब को सुट तयार पार्दैछ जुन सुट लगाएर म सगरमाथा जान सक्छु अनि जब म त्यो सुट लगाउछु लगाइसके पछि के तपाइँ भन्नुहुन्छ "म्याम्स १००% एडीडास सुट हो  अनि १००% मानिस पनि हो?" 
अन्त्यमा यूहन्ना १:१४ ले स्पस्ट पर्दछ कि -अनि वचन देहाधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बिचमा वास गर्नुभयो हामीले उहाँको महिमा देख्यौ जुन महिमा पिता बाट आउनुभएको एकमात्र पुत्र को जस्तो थियो| वचन देहाधारी हुनु भयो अर्थात् -देह लाइ धारण गर्नु भयो तर देह हुनु भयो भनिएको छैन
पिता बाट आउनुभएको एक मात्र पुत्र जस्तो - तर योसेफ बाट आउनुभएको एक मात्र पुत्र भनिएन|
यदि ख्रिस्ट मानव हुनुहुदो हो त कुनै तरवले उहाँले पाप गर्नुहुनेथियो किनकि यदि १०० % मानिस भन्नुको अर्थ पूर्ण रुपमा मानिस स्वभाव हुनु हो तसर्थ यदि १०० % मानिस स्वभाव थियो भने उहाँले पाप नगरी रहनु हुने थिएन किनकि  "मानिस स्वभाव = पाप स्वभाव" | तर बाइबले त स्पस्ट लेख्दछ कि उहाँ ले एउटा पनि पाप गर्नु भएन -हिब्रु ४:१५ 


अतः ख्रिस्ट स्वर्गीय जाति अथवा आत्मिक ईस्वर वर्ग हुनुहुन्छ तर अरु कुनै कुरा होइन | प्रभु ख्रिस्ट, जगत लगायत सारा ब्रहमाण्ड को श्रीस्टीको सुरुवात भन्दा पहिले पिता संग हुनुहुन्थ्यो (उत्पत्ति १:२६-२७) अनि उहाँ परिस्थिति अनुसार विभिन्न कुरालाई धारण गर्नु भयो अथवा ति कुराहरुमा प्रवेश गर्नुभयो तर अवतार चाहिं हुनु भएन | जस्तोकि ख्रिस्ट परमेश्वर को वचनको रुपमा काम गर्नु भयो (हिब्रु १:१-२ र यूहन्ना १:१-२ उत्त्पत्ति १ अध्याय) तर ख्रिस्टको "ओरिजिनालिटी" वास्तविक पहिचान वचन होइन तर उहाँ ईस्वर पुत्र हुनुहुन्छ त्यसैले १०० % ख्रिस्ट वचन हुनुहुन्छ भन्नु मिल्दैन | ख्रिस्ट फेरी इज्राईलिहरुको निम्ति उजाड स्थानमा चट्टानको पानिमा प्रवेश हुनुभयो (१ कोरन्थी १०:४) तर उहाँ ख्रिस्ट हुनुहुन्छ परिस्थिति अनुसार मात्र काम गर्नु भएको हो त्यसैले उहाँलाई ख्रिस्ट १००% चट्टान हुनुहुन्छ भन्नु मिल्दैन |

 त्यसै गरि उहाँ नया ब्यबस्था दिन र पापमोचनको लागि बलिदान हुन मानिस शरीर मा प्रवेश गर्नुभयो तर त्यो शरीर भित्र ख्रिस्ट ईस्वर नै हुनुहुन्थ्यो त्यसैले मानिस शरीर मा प्रवेश गर्नुभयो भन्दैमा उहाँ १०० % मानिस भन्नु चाही गलत हुन्छ | ख्रिस्ट ले जे जे कुरा लाइ परिस्थिति अनुसार अपनाउनु भएता पनि उहाको वास्तविक रुप चाहिं इस्वरिय पुत्र नै हुनुहुन्छ त्यसैले हरेक पटक उहाँले आफ्नो काम सकेपछि आफ्नो वास्तविक रुप इश्वर मा नै फर्किनु भएको छ र परमेश्वर को महिमा मा रहनु भएको छ | 



3 comments:

  1. तपाईंको सोच मानवीय हो।परमेस्वोरको सोचको सिमा तपाईंको लामो लेखले पुष्टि गर्न भयाउदैन।अनाबस्यक ल्र्खमा घोत्लिनु भन्दा चाहिदो लेखले बिस्वास बढाउन सहयोग पुग्थ्यो।तपाईंको लेख 99% मान्छेले बुझ्न सक्दैनन्।

    ReplyDelete
    Replies
    1. तपाई को कुरामा मेरो आपत्ति छैन किनकि मलाइ थाहा छ , जब सम्म माथि बाट बुझ्नलाई दीइन्दैन तब हरेक कुरा तिनीहरुलाई मानवीय वा सांसारिक लाग्नु स्वाभाविक हो | र नदिए सम्म कसैले बुझ्दैनन्, १% बुझ्नु नै ठुलो कुरा हो किनकि सबैलाई परमेश्वर बाट बुझ्ने समझ दिएको छैन | प्रतिक्रिया को लागि आभारी छु |

      Delete
  2. तपाइकाे याे लेख केवल मानवीय साेच विचारबाट ग्रस्त छ यसमा बाइबलीय बास्तविकतालाइ ताेडमाेड गरिएकाे प्रष्ट देख्न सकिन्छ ।

    ReplyDelete