आज एउटा आशिस पूर्ण गवाही लाइ यहाँ प्रस्तुत गर्न चाहन्छु, जसले आफ्नो जीवन मा बाल्यकाल देखि नै कयौं हन्टर हरु खाएर पनि शारीरिक दुर्बलता मा पनि प्रभुको शक्ति र सहायता मा खडा भएर निरन्तर जीवन जिउने प्रण को साथ प्रभुको सेवा अनि महिमा मा लागिरहिन | कुसुम जसको नाम....मैले पहिलो पल्ट सामाजिक संजाल मा एक मेरो लेख प्रसंसक रुपमा भेटेको थिएँ | "दाइ" भनेर इज्जत को साथ सम्बोधन गरिन उनले मलाई र आफुले हरेक लेख जुन मद्वारा लेखिएको पनि पढ्ने गरेको प्रस्ट्याइन | आफुले जीएको संघर्स पूर्ण जीवन मलाई यसरि ब्यक्त गरिन जसद्वारा हामी सबैलाई पक्कै पनि हौसला,उत्साह र साहस प्रदान गर्ने छ|}
जयमसिही:
मेरो नाम कुसुम ......प्रभुको एक सेविका !
मलाई आश्चर्य लाग्छ कि परिस्थिति हरु कस्तो थियो त्यो बेला! जब म मात्र २ वर्ष को हुँदा बिल्डिंग माथि बाट खसेको थिएँ, मेरो परिवार को अवश्था कस्तो थियो होला त्यो बेला! मैले पछि बाट सुने अनुसार मेरो उपचार गराउन पैदल यात्रा मा रहनु हुदा मम्मी ले यस्तो सोच्नु भएको थियो रे! "म मर्नु भन्दा त बरु हामी तिनै जना परिवार गाडीले कुचियेर मरेको भए असल हुनेथियो" | त्यो बेला हाम्रो परिवार ले प्रभु लाइ पाएको पनि थिएन रे, कसैले सोचेको थिएन कि म बाच्छु भनेर, हुन पनि हो दुइ वर्ष को नानी अनि त्यत्रो घरको माथिल्लो तल बाट खस्दा को अवश्था कस्तो होला तसर्थ सबै मानिस हरुले "यो केटि बाच्दैन" भन्नु स्वाभाविक थियो तर मेरो आमा बाबा ले मलाई सकेसम्म बचाउने कोशिस मा लाग्नु भएछ त्यसैले मलाई भारत को एउटा अस्पताल मा लानु भयो रे किनकिन नेपाल मा त्यो बेला राम्रो उपचार विधि नभएको कारण | त्यो घटना पछि को ८ दिन मा मेरो होश खुल्यो रे तर मेरो स्मरण सक्ति गुमेको थियो यद्धपि मैले मेरो आफ्नै परिवार लाइ समेत ठम्याउन सकिन रे, टाउको को दाहिने पट्टि निक्कै प्रभाब परेको हुँदा देब्रे पट्टि को शारीरिक भाग पक्षघात हुन पुग्यो साथै मेरो दिमाग मा सक्त रुपमा समस्या देखिएको ले गर्दा पनि डाक्टर ले मेरो आमा बाबा लाइ जीवनभर मलाई औसधि खुवाउने सल्लाह दिनु भएको रहेछ | तर एउटा महान कुरा के हो भने प्रभुको इच्छा मेरो जीवन मा भएको कारण म त्यो बेला बच्न सफल भएँ तर जव म बढ्दै गएँ वरपर को वातावरण लाइ नियाल्न थालें तब म बाट मेरो खुसि बिलाउदै गएको महशुस गरेँ | "दुनिया एउटा जाल हो" भने जस्तै जसले राम्रोलाइ स्वार्थी बन्न सिकाउछ अनि पिडा मा भा'को लाइ झन् निराशा थपिदिदो रहेछ, सायद म मा त्यस्तै भयो -मैले साथीसंगी लाइ हेरें, वरपर सबै मानिस हरुको मनोरंजन लाइ नियालें .....कति खुशी देखिन्थे ति सबै जना तर आफुलाई तिनीहरु मध्येको एक पाइन, म आफैलाई भिन्नै सुची मा राख्न थालें, जुन दैनिक द्रिस्यवालोकन ले मलाई झन् झन् निराश बनाउदै लग्यो | जब स्कुल जाने गर्थे आफुलाई एक्लै पाउथें साथीभाई सबै को बीच म भिन्नै अनि एक्लै हुन्थेँ, आफ्नो हालत देखेर अनि त्यो हराउदै गरेको आशा ले मलाई मृत्यु सम्म रोज्न बाध्य बनाएको थियो, आफुलाई बेकार अनि जिउनुको कुनै अस्तित्व नदेखेर मैले मृत्यु अपनाउन चाहन्थे | तर प्रभुको कृपा र अनुग्रह महान छ सबै कुरा एकदम ठिक समय मा पक्का गर्नु हुछ ......त्यहि परिस्थिति मा मेरो परिवार ले प्रभुलाई पाउनु भयो त्यो महान सु-अवसर मेरो जीवन मा पनि आयो जब मैले प्रभुलाई पाएँ उहाँको सत्यता लाइ स्वीकारें एकाएक आशा को मुना मेरो जीवन मा पलाउन थाले, जिउने इच्छा जाग्यो, खुशीले जीवनमा पाइला टेक्यो, जीवन को अर्थ अनि जीवन त परमेश्वर को सुन्दर उपहार पो रहेछ भनेर जान्न सकेँ |
एउटा अचम्म को कुरा के हो भने मेरो मम्मी मा त्यो ठुलो विश्वास अनि परमप्रभुमा भरोशा को कारण मैले जीवन भर खानु भनेर डाक्टर द्वारा निर्देशित गरिएको औसधि मैले खानु परेन, मेरो मम्मी ले गर्नु भएको विश्वास अनि उहाँको आज्ञ अनुसार मैले ति औसधि हरु खान बन्द गरिदिएँ तब प्रार्थना र विन्ती को साथ जियें त्यहाँ औसधि सेवन नगर्दा कुनै नकारात्मक प्रभाव पटक्कै देखिएन | तसर्थ ऐले सम्म पनि म विश्वास र प्रार्थना द्वारा परमधन्य परमेश्वर मा येशु द्वारा जीरहेकी छु तर औसधि मा होइन, जसको कारण मलाई अझ उहाँको सेवा गर्न बल, हौसला र आत्मिक सामर्थ प्रसस्त मिल्छ | मेरो जीवन मा प्रतक्ष अनि अप्रतक्ष रुपमा उहाँले गर्नु भएको कृपा र आशिको लागि म खुलेरै प्रभुको स्तुति गर्दछु, ऐले मैले देखेको वातावरण मा खुशी, आशा अनि जोश कति फरक छ जुन मैले एकताका पूर्ण रुपमा गुमाएको थिएँ | प्रतक्ष देखिएका हाम्रो पारिवारिक आशिस्पूर्ण जीवन, सेवाकाइ मा प्रभुको सहायता, मेरो पढाई लेखाइ मा आशिस ग्यान को भरपुरता जसले गर्दा मैले +२ मा समेत उच्च अंक को साथ उत्तीर्ण हुन सकेँ | ऐले मेरो परिवार दैलेख मा प्रभुको सेवाकाइ गर्दै हुनुहुन्छ अनि प्रभुको कृपा र अनुग्रह उहांहरु संग प्रसस्तै छ कहिले कहीं मेरो आमा बाबा भन्नुहुन्छ -"तिम्रो कारण ले गर्दा हामीले हाम्रो महान परमेश्वर अनि प्रभु येशुलाई पाउन सक्यौं"
अहिले पनि मेरो वायाँ शरीर को भाग अलिक असक्त छन तर शारीरिक दुर्बलता मा पनि मैले प्रभुको सेवा गर्न अनि उहाँको महान नाम को घोसणा गर्न सिकेकी छु र मैले जीवन भर प्रभुको पछि लाग्ने र सेवा गर्ने लिएकी छु जसले मलाई खुसि रहन हरदम मदत गर्छ, किनकि मलाई दुनिया को भौतिक शुखविलाश भन्दा मेरो जीवन मा परमेश्वर को उपस्थिति उत्तम रहन्छ ......आमिन |

No comments:
Post a Comment