धुन लाइ बन्द गर्न तल थिच्नुहोस

start free mp3 download

फेश्बुकमा फैलिएको "आत्महत्या गर्दा पनि स्वर्ग जान्छ" भन्ने हावादारी शिक्षा - बाइबलिय सत्यता


यहाँ आफु-घोसित अगुवा मात्र नभएर आफ्नै सैदान्तिक शिक्षा थोपर्ने हरुको समेत कमि देखिदैन, आजभोलि थुप्रैले बाइबल पढेको अनुमान सजिलै लगाउन सकिन्छ किनकि धेरैले बाइबल भित्रको कुरालाई प्रकाशमा ल्याउने कोशिस गरेको पाइन्छ | तर थुप्रैले गलत अर्थ लगाएर मानिसलाई भ्रम फैलाउने काम मात्र गरेको पाइन्छ किनभने तिनीहरुलाई परमेश्वर बाट दिइएको होइन तर आफ्नो मनगढ़न्ते शिक्षा भएको कारण हरेक पटक तिनीहरुको शिक्षा विवादस्पद बन्न पुग्छ अनि निस्कर्ष? निस्कर्ष अन्योलता |

त्यस्तै आज मैले इन्टरनेटमा एउटा भिडियो नेपालीमा हेरेको थिए बिसय थियो "आत्महत्या गर्नेहरु पनि स्वर्गीय स्थान ओगट्ने छन्" यो शंदर्भलाइ लिएर महाशायले एक -दुइ ओटा बाइबलको आधार पनि प्रस्तुत गर्दै निकै आफ्नो तर्कलाई बुलन्द बनाउने कोशिस गर्नुभएको थियो तर त्यो त्यस्तो मजबुद आधार भने थिएन किनकि ति आधार र तर्क हरु आफैमा निकै कम्जोर थिए अनि पूर्णरुपमा विवादस्पद थिए | मित्रले १ कोरन्थी ३:१५ लाइ निक्कै मजबुद आधारको रुपमा राख्नु खोज्नु भएको थियो आउनुहोस् पढौं: 
१ कोरन्थी ३:१३-१५ -"१३ प्रत्‍येक मानिसको काम प्रकट हुनेछ, किनकि न्‍यायको दिनले त्‍यो खुलस्‍त गरिदिनेछ। त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ। १४ यदि कुनै मानिसले त्‍यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ। १५ यदि कुनै मानिसको काम जलेर नष्‍ट भयो भने त्‍यसले नोक्‍सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आफैचाहिँ आगोबाट उम्‍केझैँ बाँच्‍नेछ। 
अनि यो पदहरुलाई तलतिर को पद १६ संग जोडेर परिणाम को रुपमा प्रस्तुत गरेको थियो |
पद १५ चाहिं शरीर नस्ट गर्दा आउने परिणाम होइन तर पद १-१२ सम्म भनिएको सेवकाइको परिणाम हो जुन विस्वाश मा डोर्याउने हुर्काउने खडा गर्ने जस्ता काम हरु को परिणाम चाहिं जाच गरिने छ र त्यो कामहरुको न्याय हुनेछ आउनुहोस फेरी सुरुदेखि पढौ:
१ कोरन्थी ३:१-१४ -"भाइ हो, तिमीहरूसँग बोल्‍दा आत्‍मिक जनहरूसँग बोलेजस्‍तै म बोल्‍न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्‍टमा दूधे बालकसँग बोलेजस्‍तै म बोल्‍न सकें। मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्‍यसको निम्‍ति तयार थिएनौ, अनि अझ पनि छैनौ।  तिमीहरू अझै सांसारिक नै छौ। किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्‍ने साधारण मानिसजस्‍ता भएनौ र? किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्‍लोसको” भन्‍छ भने, सांसारिक मानिसजस्‍ता भएनौ र?  अपोल्‍लोस के हो? पावल के हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन्, जसद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ। मैले रोपें, अपोल्‍लोसले पानी हाले, तर परमेश्‍वरले नै बढ़ाउनुभयो।  यसकारण रोप्‍ने केही होइन, न पानी हाल्‍ने केही हो, तर परमेश्‍वर मात्र, जसले वृद्धि दिनुहुन्‍छ। रोप्‍ने र पानी हाल्‍ने एकै समान हुन्‌। हरेकले आफ्‍ना-आफ्‍नै मेहनतअनुसार आफ्‍नो ज्‍याला पाउनेछ। किनकि हामी परमेश्‍वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्‍वरका खेत हौ, परमेश्‍वरका भवन हौ।  मलाई दिइएको परमेश्‍वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्‍तै मैले जग बसालें, र अर्काले त्‍यसमाथि घर बनाउँदैजान्‍छ। त्‍यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्‍यान देओस्‌। किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन। अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्‍य पत्‍थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने, प्रत्‍येक मानिसको काम प्रकट हुनेछ, किनकि न्‍यायको दिनले त्‍यो खुलस्‍त गरिदिनेछ। त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ। यदि कुनै मानिसले त्‍यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ। यदि कुनै मानिसको काम जलेर नष्‍ट भयो भने त्‍यसले नोक्‍सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आफैचाहिँ आगोबाट उम्‍केझैँ बाँच्‍नेछ।

यहाँ मण्डलीमा सेवाकाइ गर्ने सेवक हरुको निम्ति पावलद्वारा दिइएको निर्देशन हो जुन हरेकले गर्नै पर्छ अनि त्यसको इनाम हरेकले पाउनेछ जुन ८ पद ले बताउछ -"हरेकले आफ्‍ना-आफ्‍नै मेहनतअनुसार आफ्‍नो ज्‍याला पाउनेछ।" तर ति कामहरुको अन्त्यमा जाच हुनेछ र १४ पद -"त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।" तर जाच गर्दा तिनीहरुले गरेको कामहरु ठिक देखिएन भने नोक्सानी भोग्नु पर्नेछ तर आफै चाहिं आगो बाट उम्कने छ १५ पद -"दि कुनै मानिसको काम जलेर नष्‍ट भयो भने त्‍यसले नोक्‍सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आफैचाहिँ आगोबाट उम्‍केझैँ बाँच्‍नेछ।" यहाँ १४ र १५ पदहरुमा परमेश्वरको काम गर्दाको इनाम र परिणाम प्रस्तुत गरिएको छ जुन सेवाकाइका कामहरु १-१२ सम्म बताइएको छ तर पद १६ र १७ अनुसार परमेश्वरको मन्दिर हाम्रो शरीर लाइ नस्ट गर्दा आउने परिणाम भने होइन भ्रममा नपर्नुहोस | 

अब, 
त्यसो भए पद १६-१७ अनुसार उहाँको मन्दिर अथवा हाम्रो शरीरलाइ नस्ट गर्दा आउने परिणाम वा इनाम के हो त? आउनुहोस पढौं: 
१ कोरिन्थी ३:१३-१७" के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ? १७ कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ। 
हजुर.... परिणाम पनि स्पस्ट त्यहि नै बाताइयेको छ, 
प्रश्न : शरीर के हो? 
जवाफ: पवित्र आत्मा को मन्दिर पद १६ 
प्रश्न : त्यो मन्दिर के हो ? 
जवाफ : हाम्रो शरीर हो पद १७ 
प्रश्न : नस्ट गर्यो भने के हुन्छ ?
जवाफ : हाम्रो आत्मिक मनुस्य लाइ पनि नस्ट गर्नुहुन्छ | 
प्रश्न : नस्ट कसले गर्छ ?
जवाफ : आत्मिक मनुस्यले 
प्रश्न : कसरि आत्मिक मनुस्यले?
जवाफ: किनकि त्यस्तो व्यभिचार, पियक्कडपन, लागु-औसध अनि आत्महत्या को पहिलो सुरुवात हृदय बाटै हुन्छ र हृदयले जे अह्राउछ त्यो शरीर ले गर्छ | त्यसैले जब मानिसको हृदयले लाइ सैतानले डोर्याउछ भने त्यो शरीरमा प्रकट हुन्छ त्यसैले पावल प्रेरितले हाम्रो हृदय लाइ येशुले डोर्याउनु भएको होस् भनेर भन्नुभयो, २ थिस्सलोनिकी ३:५ -"प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम र ख्रीष्‍टको धैर्यतिर डोर्‍याऊन्‌" अनि उहाँले भन्नु भयो -"कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ"
प्रश्न : मन्दिर नस्ट भए पछि को बाकी रह्यो? र कसलाई भनिएको हो त्यसलाई पनि नस्ट गर्नुहुनेछ भनेर? 
जवाफ : नस्ट गर्नको निम्ति निर्देशन दिने आत्मिक मनुस्य |
त्यसो भए आत्मिक मनुस्य नस्ट हुनेछ, अनि नस्ट को मतलब नाश गरिनु फालिनु हो त्यहाँ कुनै उम्कने सम्भावना छैन | 

लोजिकली पनि कर्म भन्दा परिणाम पहिला बताइन्दैन यदि शरीर नस्ट गर्दा नोक्सान बेहोरे पनि आत्मा बचाइने भए कर्म चाहिं पद १६-१७ मा अनि परिणाम चाहिं पद १५ मा? होइन, किनकि पद १५ मा बताइएको परिणाम चाहिं पद ६-१२ सम्मको कर्म को परिणाम हो तर पद १६-१७ को परिणाम सोहि पदहरुमा बताईएको छ त्यसैले जुन मित्रले ति पदहरुलाई गलत तरिकाले प्रस्तुत गरेर हामीले हाम्रो सरिर लाइ मार्यौं भने पनि नरक बाट बचाईन्छौँ भनेर राखेको तर्क गलत हुदछ | 

अर्को आधार: यूहन्ना १:१२ -"तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो।"
अब, यो पदलाई लिएर उहाँमा विस्वाश गरेको कारण सन्तान हुने अधिकार दिनु भयो....हजुर अबस्य पनि हो मान्छु, तर यसको ब्याख्या यसरि गरियो -"विस्वाशद्वारा उहाँको सन्तान हुने अधिकार पाइसके पछि हामीले गल्ति गर्न सक्छौ, धेरै पटक चुक्छौँ तर पनि हाम्रो बाउ र छोरा को सम्बन्ध भने रहिरहन्छ नि! गल्ति गरे पनि चोर भए पनि आखिर छोरा त छोरा नै हो अनि पिता त्यहि छोरा को पिता नै हो |"
अब, 
सम्बन्ध वा छोरा र पिताको नाताले छोरालाइ गलत काम को दण्डबाट बचाउछ? 
विशेस गरि पिता चाहिं कानुनको न्यायाधिश थिए भने के छोराले हत्याको निम्ति माफी पाउँछ? 
पक्कै हो सम्बन्ध टुट्दैन बाउ छोरा को नाता रहिरहन्छ तर गलत छोरालाई असल पिताले कहिले असल साबित गर्नुहुन् तर गलत लाइ असल बनाउने कोशीस भने  हरेक पल गर्नुहुन्छ |
अब परमेश्वर को मण्डली को शिक्षा :- हो त्यस्तै हो हाम्रो सम्बन्ध परमेश्वर संग ख्रिस्टद्वारको विस्वाशद्वारा उहाँको धर्मपुत्रको रुपमा अपनाइएको सन्तान हौँ | सन्तान हुने अधिकार पाएका हौ अकाट्य छ किनकि लेखिएकै छ तर हाम्रो गलत काम को परिणाम हामीले भोग्ने पर्छ उहाँ हाम्रो पिता हुनुभए पनि अन्त्यमा उहाँ हाम्रो न्यायधिश पनि हुनुहुन्छ र हाम्रो न्याय उहाँको हात मा छ किनकि उहाँले दोषी लाइ निर्दोष ठहराउनु हुन्न, लेखिएको छ नहुम १:३ -".......दोषीलाई परमप्रभुले दण्ड नदी छोड्नुहुन्न........" अनि गन्ति १४:१८ -".....दोषीलाइ कुनै रीतिले निर्दोष नठहराउने ..." 
त्यसैले यदि हामि हाम्रो शरीर अथवा पवित्र आत्माको मन्दिर लाइ नस्ट गर्छौ भने हामीलाई पनि नस्ट गर्नुहुनेछ, को हामि? हामि भन्नाले हाम्रो आत्मिक मनुस्य जसले उहाँको मन्दिर लाइ नस्ट गर्ने निर्देशन दिन्छ | त्यसैले आत्महत्या गर्नु क्षमा हुन नसक्ने दोष हो | 


अनि अर्को आधार: जुन आत्महत्या गर्दा दण्ड भोग्नु पर्दैन भन्ने : रोमी ८:१ -"यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन।" 
मलाइ थाहा छैन तपाइँ हरुले के बुज्नुहुन्छ ख्रिस्ट मा हुनु भन्नाले; तर उहाँले यसरि ब्याख्या गरेको पाइयो ख्रिस्ट द्वारा विस्वाश गरिसकेपछि हामि ख्रिस्टमा हुन्छौ त्यहि क्रिस्चियन ले आत्महत्या गर्दा कुनै दण्डको आज्ञा छैन" 
अब परमेश्वर को मण्डली मा उहाँको शिक्षा अनुसार:- अनि बाइबल अनुसार ख्रिस्ट मा हुनेले आत्महत्या गर्दैन किनकि उहामा हुने हरु नया श्रीस्टी हुन् र पुराना कुरा, सोच विचार हरु बाट अलग भई नया आज्ञा र व्यवस्थाले भरिन्छ र ख्रिस्टको व्यवस्थाले आत्महत्या गर्न प्रोत्शाहन दिदैन | आत्महत्या भन्दा पहिले 
निराशा आउछ त्यो निराशा ख्रिस्टबाट अलग भए पछि आउछ र निराशाले शरीरलाई नस्ट गर्दछ जसरि यहूदाले दुस्ट कर्म गरेपछि ख्रिस्ट द्वारा अलग भयो अनि त्यसको जीवनमा आत्मग्लानी बढ्यो निराशा आयो र अन्तिम मा झुण्‍डेर मर्यो पढौ : मत्ती २७:५-"तब चाँदीका ती सिक्‍काहरू मन्‍दिरमा फ्‍याँकेर त्‍यो गयो, र त्‍यसले झुण्‍डेर आत्‍महत्‍या गर्‍यो।" अब मलाइ यो नभन्नुहोला कि त्यत्रो दुस्ट  काम गर्नु को बाबजुत पनि यहूदा स्वर्गीय  स्थान को एक हुन् भनेर | आत्महत्या गर्नु व्यवस्था भङ्ग गर्नु हो र ब्यबस्ता भङ्ग गर्नु पाप हो १ यूहन्ना ३:४ -"पाप गर्ने हरेकले व्‍यवस्‍था भङ्ग गर्दछ। पाप नै व्‍यवस्‍था भङ्ग हो।" र आत्महत्या व्यवस्था भङ्ग गर्नु हो; प्रश्थान २०:१३ -"हत्या नगर्नु" यसरि आत्महत्या गर्दा कसैको हत्या गरेकै ठहरिन्छ, मानिसको शरीर कै हत्या भएको हुन्छ यसरि व्यवस्था स्पस्ट लेखिएको छ कि हत्या नगर्नु भनेर अब कसैले आफ्नो होस् या अरुको शरीरको हत्या गर्छ भने त्यो व्यवस्था भङ्ग भएको ठहरिन्छ र त्यो हत्यारा कहलाइन्छ र हत्यारा हरुको आगो र गन्धक दन्कने कुण्डमा अन्त्य हुन्छ प्रकाश २१:८-"तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।" अब यसरि स्पस्ट लेखिएकै छ कि हत्यारा हरुको अन्त्य आगो र गन्धक दन्कने कुण्डमा हुनेछ भनेर, त्यसैले आत्महत्या गर्दा क्षमा हुन्छ भन्ने गलत शिदान्त द्वारा भ्रमित नहुनुहोस | आत्महत्याले असल परिणाम ल्याउदैन आफ्नो होस् कसैको हत्या पछि बाकि रहेका हरुमा आउने परिणाम राम्रो हुदैन नत त्यस्तो कामले ख्रिस्टको महिमा नै हुन्छ | रोग, बिमार, शारीरिक समस्या, दुर्घटना भएर मर्नु भनेको ठहराइएको मृत्यु मान्नु पर्छ तर आफैले आफ्नो अथवा अरुको हत्या गर्नु भनेको परमेश्वरले ठहराउनु भएको मृत्युको विपरित हुन जान्छ किनकि परमेश्वर ले एक पटक सबैको लागि मृत्यु ठहराउनु भएको छ तर कसैले आफ्नै अथवा अरुको हत्या गर्ने आज्ञा दिनुभएको छैन पढौं : हिब्रु ९:२७-"जसरी मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ, र त्‍यसपछि इन्‍साफ" | विभिन्न दुर्घटना भुकम्प जस्ता विपत्ति मा पश्चाताप नगरी मर्ने हरु को परिस्थिति फरक हुन्छ तर आत्महत्या गर्ने संग प्रसस्त सोच्ने र निर्णय लिने अनि पश्चाताप गरि जीवन सुरु गर्ने समय हुन्छ, अनि उसले यसरि के गर्नु उचित हो भनेर सत्य कुरा थाहा पाउदा पाउदै गलत गर्छ भने त्यसको दण्ड पाउने पर्छ जस्तो लेखिएको छ  हिब्रु १०:२६-२७ -"किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन, तर इन्‍साफको डरलाग्‍दो प्रतीक्षा र विरोधीहरूलाई भस्‍म गर्ने क्रोधको अग्‍नि मात्र रहनेछ।"| परमेश्वर बाहेक अरु कसैलाई कसैको जीवन लिने आधिकार छैन किनकि यसरि लेखिएको छ - व्यवस्था ३२:३९ "“अब हेर, म उही हुँ, मबाहेक अरू कोही ईश्‍वर छैन। म नै मार्दछु, र म नै जीवित पार्दछु। म नै चोट लाउँछु, र म नै निको पार्छु, र कसैले मेरो हातबाट छुटाउन सक्‍दैन।" 
 जीवनमा आत्महत्या गर्ने हरु ख्रिस्ट देखि आलग हुनेहरु मात्र हुन्छ जब ख्रिस्ट देखि आलग हुन्छ भने अनन्त जीवन को आशा त्यहाँ रहन्न, जब कोहि ख्रिस्ट देखि अलग हुन्छ उसको जीवन मा भएको कस्ट, समस्या पिडा ले निराशा पैदा गर्छ अनि आफ्नो हत्या गरिदिन्छ | तर ख्रिस्ट मा हुने हरुको जीवनमा पनि दुःख कस्ट पिडा समस्या हरु आउछन तर त्यसले निराशा जन्माउदैन किनकि ख्रिस्ट मा भएको कारण सहने शक्ति प्राप्त हुन्छ र आशा सधै जीवित रहन्छ जसले गर्दा पवित्र आत्माको मन्दिर सुरक्षित रहन्छ र त्यो मन्दिर शरीर द्वारा उहाँको उहाँको महिमा हुनु पर्दछ |
सैतानले हाम्रो शरीरलाइ नस्ट गर्ने कोशिस गर्दछ किनकि यो पवित्र आत्माको मन्दिर हो जब हामि सैतानको पक्षमा लागेर निराशामा आत्महत्या गरि शरीरलाइ नस्ट गर्छौ भने परमेश्वरले हाम्रो आत्मा समेतलाई नस्ट गरिदिनु हुनेछ - मत्ती १०:२८ -"तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्‍मालाई मार्न सक्‍दैनन्‌। बरु आत्‍मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्‍नेसँग डराओ।" अब हामि हाम्रो शरीर र आत्मा दुवैलाई नाश गर्नु सक्नुहुने संग डराउछौ भने उहाँको आज्ञा पालन गर्दै शरीर द्वारा उहाँको महिमा गर्छौ तर शरीरलाइ नस्ट होइन | 
"तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर"- १ कोरन्थी ६:२० आमिन 


No comments:

Post a Comment