धुन लाइ बन्द गर्न तल थिच्नुहोस

start free mp3 download

मोसाले खास परमेश्वरलाइ देखेको थिएन - बाइबलिय सत्यता

परमेश्वरको मण्डली मा भएको प्रकाशलाइ जुन बाइबलिय प्रमाण सहित छ त्यसलाई इन्कार गर्ने कुनै बहाना छ भने त्यो तपाइँको हट्ठी हृदय हो जब तपाइको हृदय ले सत्यता स्विकार्नु सक्नुहुन्न भने थाहा गर्नुहोस तपाइले परमेश्वर स्वयं ले आवाज दिनु भए पनि शंका गर्नुहुनेछ  किनकि जब बाइबलिय प्रमाण देखिन्छ त्यो स्विकार्न नसक्नु को अर्थ त्यहि हुन्छ | किनकि बाइबलमा भएको उहाँको वचन भन्दा ठुलो प्रमाण अरु केहि हुदैन हामी इसाईहरुको निम्ति |

कतिले यो बिसयमा छलफल पनि गर्नु भएको होला अनि कतिले यो बिसय लाइ ध्यान दिनु भएको थिएन होला, तर जसले यो बिसय लाइ नया नियम र पुरानो नियम संग दाजेर हेर्नु भयो भने पक्कै पनि बिबादस्पद नै पाउनु भयो होला | किनकि पुरानो नियम मा हामी देख्छौ थुप्रै पटक परमेश्वरले आफ्नो मानिसहरु संग कुराकानी गर्नु भयो भनिएको, परमप्रभुले मोसा लाइ यसो भन्नुभयो, अब्राहम लाइ यस्तो भन्नु भयो जस्ता कुरा हरु हामीले पढेका हौ तर नया नियम मा यसरि लेखिएको छ:
यूहन्ना १:१८- परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।
अनि फेरी यूहन्ना ५:३७-"मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। उहाँको सोर तिमीहरूले कहिले सुनेका छैनौ, अनि उहाँको रूप कहिले देखेका छैनौ।

कुरा के हो येशु र येशु का चेला हरु झुटा हुन कि पुरानो नियमको लेख झुटो हुन? कुन बिस्वाश गर्ने? मानिसले पुरानो गवाही अनुसार परमेश्वरलाइ देखे भन्ने कुरालाइ पत्याउने कि नया नियम स्वयं परमेश्वरको पुत्रको कसैले देखेको छैन भन्ने कुरालाई? 
परमेश्वर को दास एलि सोरिआनो भन्नुहुन्छ -"तपाइँ येशु जो स्वयं परमेश्वरको पुत्र हुनुहुन्छ उहाको कुरालाइ विश्वास गर्नुहोस" हो कसैले देखेको छैन भन्ने कुरालाई | 
यसो भए पुरानो नियम अनुसार परमेश्वरलाइ देखे बातचित गरे भन्ने कुरालाई चाहि के मान्ने? एकछिन पर्खनुहोस म लेख्दैछु, ति बोल्ने हरु को थिए भनेर बाइबलले नै हामीलाई स्पस्ट गराउनेछ | पुरानो करारमा थुप्रै पटक हामीले पढेका छौं कि परमेश्वर मानिसहरु संग बोल्नुभयो भनेर तर वास्तवमा तिनीहरु स्वयं परमेस्व्र नभएर उहाँका दुत हरु थिए अनि तिनीहरु स्वर्गीय दुतहरु नै हुन भनेर हामि पुरानो करार बाट र नया नियम दुवै बाट प्रमाणित गर्न सक्छौ, आउनुहोस पुरानो नियम का केहि झलक हरु पढौं: 

उत्पत्ति १६:१३ (नेपाली बाइबल) -"परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “‘तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।”‘ यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो। 
उत्पत्ति १६:१३ (हिन्दि बाइबल) -"तब परमेस्वर ने हाजिरा से बातें की उसने परमेश्वर को जो उससे बातें कर रहा था, एक नए नाम से पुकारा। उसने कहा, “तुम वह ‘परमेस्वर हो जो मुझे देखता है।”‘ उसने उसे वह नाम इसलिए दिया क्योंकि उसने अपने-आप से कहा, “मैंने देखा है कि वह मेरे ऊपर नज़र रखता है।” 
Genesis 16:13(English Bible)- "And she called the name of the LORD that spake unto her, Thou God seest me: for she said, Have I also here looked after him that seeth me? 
यहाँ हामि स्पस्ट देख्दैछु कि परमेस्वरले हागर अब्राहाम कि पत्नी संग कुरा गर्नु भयो भनेर तर हामी यसरि एउटा पद लाइ लिएर हेर्यौ भने बिबादस्पद भएको पाउछौ आउनुहोस उहाँ परमप्रभु नभएर उहाँको दुत थिए जो हागर संग कुराकानी गरे:
फेरी पढौ सुरुदेखि घटना के भएको थियो र को-को कुराकानी गर्दै थिए ;
उत्पत्ति १६:४-१३- "हागारले अब्रामको गर्भ धारण गरी। जब उनले चाल पाई उनले गर्भ धारण गरी ऊ घमण्डले फुलिइ अनि अनुभव गरी ऊ साराई उसको मालिकनीभन्दा असल हो। 
 तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति म तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ र त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई म भन्दा असल हुँ भन्ने गर्छे। म चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरून्।” 
तर अब्रामले साराईलाई भने, “तिमी हागारकी मालिकनी हौ र तिमीले उसलाई जे इच्छा लाग्छ त्यही गर्न सक्छौ।” यसर्थ साराईले हागारलाई सजाय दिई अनि हागार भागी। 
 परमप्रभुको र्स्वग दूतले हागारलाई मरूभूमिमा पानीको स्रोतनेर भेटे। त्यो पानीको स्रोत शूर जाने बाटोनिर थियो। 
स्वर्गदूतले हागारलाई भने, “हागार तिमी साराईकी दासी हौ, तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ?” हागारले भनी, “म साराईदेखि भाग्दैछु।” 
 परमप्रभुका स्वर्गदूतले हागारलाई भने, “साराई तिम्री मालिक्नी हुन, जाऊ फर्केर अनि तिनको आज्ञा पालन गर।” स्वर्गदूतले पनि भने, “म तिम्रा सन्तानहरू यति सम्म बढाउनेछु तिनीहरूलाई गन्न सकिंदैन।” 
 परमप्रभुका दूतले यसो पनि भने, “हागार अहिले तिमी गर्भवती छौ। अनि तिमीले छोरो जन्माउने छौ। तिमीले उसको नाउँ इश्माएल राख्ने छौ किनभने तिमीलाई कुव्यवहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ। 
 इश्माएल स्वतन्त्र जंङ्गली गधा झैं हुनेछ, ऊ सबैको विरूद्धमा जानेछ, अनि सबै व्यक्तिहरू उसको विरूद्धमा आउनेछन्। ऊ एउटा भूमिबाट अर्को भूमिमा जानेछ उनले आफ्नो आफन्तहरूको नजिक पाल हाल्नेछ तर तिनीहरूको विरूद्धमा जानेछ।” 
 परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “‘तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।”‘ यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो। 
सायद अब थाहा भयो होला त्यहाँ हागर संग बोल्ने स्वर्गदुत् थिए भनेर | किनकि हागारले कहिले नदेखेको स्वर्गीय प्राणीलाइ देख्दा विस्वाश गरिन कि उ आफै परमेस्वरसंग बोल्दैछु भनेर तर त्यो व्यक्ति स्वर्गदुत थिए | 

उत्पत्ति १८:१ देखि ३३ पद सम्म परमप्रभु ले अब्राहम लाइ यसो भन्नु भयो भनेर वार्तालाप देखाइएको छ, त्यहाँ दुइवोटा विसयमा कुराकानी भएको छ, एउटा सहारा गर्वती हुनेछिन भनेर (उत्पत्ति १८:१०-तब परमप्रभुले भन्नुभयो, “म फेरि वसन्त ऋतुमा आउनेछु। त्यस समयमा तिम्री पत्नी साराले छोरो जन्माएकी हुनेछिन्।” साराले पालबाट यी सब कुराहरू सुनिरहेकी थिइन्।) अर्को चाहिं सदोम र गमोरा को बिसयमा (उत्पत्ति १८:२०-२१-"तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्। म त्यहाँ जान्छु अनि हेर्छु मानिसहरू जस्तो मैले सुनेकोछु त्यस्तै छन् कि छैनन्। तब म पक्का जान्नेछु।”) 
अब ति दुवै ठाउँमा परमप्रभु भनिएको छ अनि १८:२०-२१ मा उहाँ भन्नुहुन्छ म सदोम र गमोरा जान्छु अब हेरौ सदोम र गमोरा जाने को थिए र अब्राहम संग बोल्ने को थिए आउनुहोस फेरी पढौ:
उत्पत्ति १९:१-३ -"साँझमा दुइजना स्वर्गदूतहरू सदोम शहरमा आए। त्यस बेला लूत सदोमको फाटकमा बसिरहेका थिए। लूतले स्वर्गदूतलाई देखेर भेट्न गए। तब लूतले तिनीहरूको सामुन्ने निहुरेर दण्डवत् गरे। 
 तिनले भने, “महाशय, कृपा गरी तपाईंहरूको दासको घरमा गई हात पाऊ धोई रात त्यही बिताउनु होस् र बिहान चाँडै उठी आफ्नो स्थानको लागि बाटोतर्फ प्रस्थान गर्नु होस्।” ती स्वर्गदूतहरूले भने, “अहँ हामी बाटोमै रात बिताउनेछौं।” 
तर लूतले तिनीहरूलाई आफ्नो घर लैजान अत्यन्तै बिन्ती गरे, यसर्थ स्वर्गदूतहरू लूतको घरमा गए। तब लूतले स्वर्गदूतहरूको निम्ति खाना तयार गरे अनि खमीर नहालेको रोटी बनाए र तिनीहरूले खाए। 
अब ति व्यक्तिहरुले अब्राहमलाइ जसो भनेका थिए "म सदोम र गमोरा मा जान्छु अनि गए तर १९ अद्याय अनुसार त्यहाँ जाने स्वर्गदुत थिए | 

 फेरी अब्राहमको जाच लिने व्यक्ति को थिए भन्ने कुरा आउछ किनकि उत्पत्ति २२ अद्यायमा अब्राहम को ठुलो जाँच भएको छ अनि यसरि लेखिएको छ:
उत्पत्ति २२:१-२ -"ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!” अनि अब्राहामले भने, “हजुर!”  तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।” 
तर अब यहाँ १ र २ पद मा बोल्ने को थिए भन्ने कुरा सोहि अध्यायको १२-१६ पदले स्पस्ट बताउछ आउनुहोस पढौ:
उत्पत्ति २२:१२-१६ -"स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। अब मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।” 
 तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेडाको पाठाको सींङ पोथ्रामा अडकिएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए। 
यसकारण अब्राहामले त्यस ठाउँको नाउँ, “यहोवा यिरे” राखे। आज पनि मानिसहरूले भन्छन, “यस पर्वतमाथि परमप्रभुलाई देखिन सकिन्छ।” 
परमप्रभुका स्वर्गदूतले दोस्रो पल्ट अब्राहामलाई बोलाए। 
 ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु।
अब थाहा पाउनु भयो होला त्यो परिक्षा लिने को थिए भनेर किनकि बाइबल अनुसार परमेस्वरले मानिस को हृदय मा के छ भनेर थाहा पाउनुहुन्छ (यर्मिया १७:१०) तर स्वर्गदुत ले थाहा पाउदैन | स्वर्गदुत ले अब्राहम को हृदय थाहा नपाएको कारण अब्राहमले परमेस्वर लाइ कति प्रेम गर्छ भन्ने कुरा थाहा नपाएर परिक्षा लिए अनि परिक्षा लिए पछि मात्र थाहा पाए अनि यसो भने २२: १२ ".....अब मलाइ थाहा भयो कि तिमीले परमेस्वर लाइ प्रेम गर्छौ भनेर" यदि परिक्षा लिने स्वयं परमेस्वर हुनुहुन्न थियो तर परमेस्वरको दुत स्वर्गदुत थिए | 

अब बाइबलमा धेरै धेरै उदाहरण छन् जहाँ परमप्रभु बोल्नु भयो भनेर ति सबैलाइ यहाँ यसरि लेखेर देखाउने हो भने एउटा सिंगो पुस्तक बन्छ र म अन्तिम प्रमाण नया करार र पुरानो करार बटा दिदैछु | जब मोसाले पहिलो पल्ट जलिरहेको पोथ्रा देखे अनि त्यहाँ एकजना व्यक्ति संग बातचित भयो आउनुहोस पढौ:
प्रस्थान ३:३-६ मोशाले विचार गरे, “किन पोथ्रा आगो द्वारा नाश भएको छैन?” 
जब परमप्रभुले मोशालाई त्यो दृश्य ध्यान पूर्वक हेर्न आएको देख्नुभयो परमप्रभुले पोथ्राबाट यसो भन्दै बोलाउनु भयो, “मोशा! मोशा!”मोशाले उत्तर दिए, “म यहाँ छु।” 
तब परमेश्वरले भन्नुभयो, “नजिक नआऊ। जुन ठाउँमा तिमी उभिरहेका छौ त्यो भूमि पवित्र हो यसर्थ आफ्नो जुत्ता खोल। 
 म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।” 
यहाँ परमेस्वर र मोसाको कुरा बएको जस्तै लाग्दैछ अनि विशेस पद ६ ले त झन् स्पस्ट संग परमेस्वर नै बोल्दै हुनुहुन्छ जस्तो भान गराउछ " म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।” तर के त्यो बोल्दै गरेको आवाज परमेस्वरकै हुन त? आउनुहोस फेरी फर्किएर सोहि अध्यायको सुरु देखि को बाकि रहेको पदहरु पढौ है त:
प्रश्थान ३:१-२ -"त्यस समय मोशा उसको ससूराका भेडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेडाहरू मरूभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए। 
पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे। पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन। 
पद २ ले भनेको कुरा लेखक ले लेखेका हुन, लेखक मोसा नै भए पनि घटिसकेको कहानी लेख्दैछन र भन्नुहुन्छ -"पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे।" अब यति मात्र नभएर तिनी परमेस्वर नभएर स्वर्गदुत नै हुन भन्ने कुरा इसाई इतिहासमा सहिद हुने प्रभुको प्रचारक दास स्तिफ़नसले आफ्नो प्राण त्याग गर्नु भन्दा पहिला जलेको पोत्थ्रा को घटना देखि लिएर कसरि परमेस्वरले इज्राईलिहरुलाई दासत्वको देशबाट छुटकारा दिई प्रतिज्ञाको देश सम्म लानु भयो जस्ता सम्पूर्ण वेलिवितार लागाएका थिए | स्तिफ़नशको त्यो गवाहिद्वारा अब स्पस्ट हुनेछ कि जलेको पोथ्रामा परमप्रभु नभएर स्वर्गदुत नै थिए भनेर आउनुहोस पढौ: 
प्रेरित ७:२५-३० -" परमेश्वरले उनलाई उनीहरूकै बचाऊको लागि प्रयोग गरिरहनु भएको तिनको यहूदी भाइहरूले बुझ्लान् भन्ने मोशाले सोचे। तर तिनीहरूले त्यो बुझेनन्। 
अर्को दिन मोशाले दुइ यहूदीहरूलाई आपसमा झगडा गरेको देखे। उनले तिनीहरूलाई शान्त गराउन खोजे। उनले भने, ए मानिस हो! तिमीहरू दाज्यु-भाइहरू हौ! किन तिमीहरू एकार्को प्रति नराम्रो व्यवहार गरिरहेछौ?” 
 जुन मानिसले अर्को मानिससित कुव्यवहार गर्दैथ्यो त्यसले मोशालाई घचेट्यो अनि भन्यो? कसले तिमीलाई हाम्रो शासक अनि न्यायकर्त्ता बनायो? 
जसरी तिमीले हिजो मिश्र देशवासीलाई मार्यो त्यसरी नै मलाई मार्छौ? 
 जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनि मिदयानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यहीं उनका दुइ छोराहरू भए। 
“चालिस र्वष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे। 
अब स्तिफ़नस पनि सोहि गवाही दिदैछन कि जलिरहेको पोत्थ्रामा देखा पर्ने स्वर्गदुत हुन भनेर, त्यति मात्र नभएर सिने पर्वत मा मोसा उक्लेर परमप्रभु संग समय बिताउनु भयो आज्ञाको शिला-पाटि प्राप्त गरे भनेर हामि प्रस्थान को पुस्तक मा पाउछौ तर मोसाले कुराकानी गरेको व्यक्ति स्वयं परमप्रभु नभएर स्वर्गदुत हुन भन्ने कुरा फेरी स्तिफ़नस भन्छन:
प्रेरित ७:३८ -"उनी त्यही मोशा हुन जो यहूदीहरूकै जमघटमा एकत्रित भएर मरूभूमिमा संगै थिए। तिनी त्यो स्वर्गदूतसंग जो सीनै पर्वतमा तिनीसित बोले अनि तिनी हाम्रा पुर्खाहरूसंग थिए। मोशाले परमेश्वरबाट आदेशहरू प्राप्त गरे जसले जीवन दिन्छ। मोशाले हामीलाई ती आदेशहरू दिए।" 

अब हामीलाई थाहा भयो कि प्राचिन काल मा बोल्ने स्वयं परमेस्वर नभएर उहाँको दुत थिए भनेर तर किन "परमेस्वरले यस्तो भन्नु भयो तेस्तो भन्नु भयो" भनेर लेखियो त? किनभने परमप्रभुले आफ्नो दुत द्वारा माध्यम बनाएर बोल्नु भएको थियो तर आफै प्रकट भएर बोल्नु भएको थिएन जब स्वर्गदुत बोल्थे त्यो वचन परमेस्वरद्वारा को वचन वा खबर हुने गर्थ्यो | परमेस्वर ले चाहनु भएको कुरा स्वर्गदुत हरुले मध्यस्त गरेर मानिसहरु सम्म पुर्याउथे जस्तो कि उदाहरण:  म्याम्सले आमोसलाइ भन्छ -म म्याम्स हूँ म तिमीलाई आज्ञा दिन्छु खाना खाउ" 
यो खबर तिमोथी ले आमोस लाइ जस्ताको त्यस्तै सुनाउनु पर्छ -"म म्याम्स हूँ म तिमीलाई आज्ञा दिन्छु खाना खाउ" 
आवाज निकालेर सुनाउने व्यक्ति तिमोथी हो तर भन्दैछ -"म म्याम्स हूँ" 
के बोल्ने तिमोथी होइन? के तिमोथी लाइ अब म्याम्स भन्नु हुन्छ? होइन तिमोथी म्याम्स को खबर पुर्याउने शन्देशवाहक मात्र हुन अब स्वर्गदुत पनि परमेस्वरको खबर पुर्याउने दुत हुन | 
जस्तै वचन द्वारा, अगमवक्ताहरु द्वारा, स्वर्गदुतहरुद्वारा अनि आफ्नो पुत्र द्वारा पनि उहाँ हामीसंग बोल्नुहुन्छ, यसरि लेखिएको छ :
हिब्रु १:१-२- "प्राचिन समयमा परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो। 
 अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसंग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो।"

अतः परमेस्वर को पुत्र येशु ख्रिस्ट ले भन्नु भएको वचन सत्य हो पुत्रले बाहेक कसैले पनि पितालाई देखेको छैन: 
यूहन्ना १:१८- परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।
अनि फेरी यूहन्ना ५:३७-"मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। उहाँको सोर तिमीहरूले कहिले सुनेका छैनौ, अनि उहाँको रूप कहिले देखेका छैनौ।
यूहन्ना ६:४६-"मैले यो भन्न खोजेको होइन कि पितालाई कसैले देखेकाछन्। तिनी मात्र एक हुन् जो पिताबाट आएकाछन्। जसले पितालाई देखेकाछन्। 
अनि येशुले जे बोल्दै हुनुहुन्थ्यो र सिकाउदै हुनुहुन्थ्यो अनि गर्दै हुनुहुन्थ्यो त्यो सबै पिताको तर्फ बाट आज्ञा थियो जस्तो लेखिएको छ:
यूहन्ना १२:४९-५० -"किनभने जुन कुराहरू मैले बताँए त्यो मेरो आफ्नै थिएन। पिता जसले मलाई फठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नु भयो त्यही गरें। र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोलदछु पिताले भन्नुभए अनुसार बोल्दछु।” 
आमिन! 

1 comment:

  1. Namaste brother , where is your church? How can I contact you? I find your teachings quite logical and biblical. My number is 9808112857,please contact me once.

    ReplyDelete