धुन लाइ बन्द गर्न तल थिच्नुहोस

start free mp3 download

इसाईहरुको निम्ति दशांशको नियम - बाइबलिय सत्यता


९०% दियो भंने उद्दार चित्त ले दियेको रे तर १०% भन्दा अलिकती कम ८% दियो भने दिने मान्छे चोर रे परमेश्वर बाट चोरेको रे, त्यसैले १०% नै दिनै पर्छ रे नत्र पाप पो हुन्छ रे त। दशांश भने पछि १०% हो ८% दिनु हुदैन भन्ने बुजियो तर दशांश भने पछि ९०% पनि पापै ठहरिनु पर्ने नि होइन र किन खुसि हुदै फलानो ले ९०% दियो भन्दै खुसि भएर पुल्पिटबाट नाम लिदै कुर्लिनु ?

मण्डलीहरुमा यस्ता शिक्षाहरु पनि छन् जुन अत्यन्तै गम्भीर रुपमा साम्प्रदायिक अगुवा हरुले कहिले पनि त्यको बिसयमा याद दिलाउन भुल्दैनन | चाहे अरु कुनै पनि जस्तोसुकै महत्वपुर्ण सिक्षा किन नहोस त्यसको बिसयमा बहस नगरेता पनि एउटा यस्तो बिसय छ त्यसको बिसयमा प्राय: हरेक हप्ता सुचित गरिएको हुन्छ त्यो हो "दशांश" अर्थात् आफ्नो कमाइ बाट दश प्रतिशत मण्डलीमा टक्र्याउनु | जब म पेन्टीकोस्टल सम्प्रदायको एउटा मण्डलीमा साप्ताहिक सहभागिता जनाउथे अनि मैले प्राय सुन्ने गरेको सूचनामा दशांश अग्रस्थानमा आउने गर्थथ्यो र मलाइ अचम्म लागेको कुरा चाहिं यहि थियो कि दशांश भन्ने आज्ञा चाही सबै भन्दा महान रहेछ किनकि अगुवाहरुले दशांश लाइ विशेष जोड दिएको मैले देखेको थिएँ | बिस्तारै आफै तन्ग्रिदै ख्रिस्ट मा हुर्कने कोशिस गर्दैथिएँ र बिस्तारै वास्तविकता के हो त्यो पनि प्रभुबाट प्रकाश भयो अनि मैले जुन शिक्षा सुनेको र सिकेको थिएँ त्यसलाई केलाउने प्रयत्न गरेँ र एउटा गम्भीर ठोस निस्कर्समा पुग्न सफल भएँ, प्रभुलाई धेरै धन्यवाद होस् |                                    
दशांश:      
के वास्तवमा दशांश इसाई हरुको निम्ति त्यस्तो ठुलो अनि महान आज्ञा नै हो त? के दशांश दिएन भने भयङ्कर पाप को भागिदार नै हुन पुगिन्छ त? इसाई साम्प्रदायिक अगुवाहरुको सिकाइले त त्यस्तै उजागर गर्छ त, बाइबलमा भएका त्यस्ता थुप्रै आज्ञा हरु कति गम्भीर छन् जुन पालन नगर्दा सिधै नरकको बाटो देखिन्छ तर त्यस्तो शिक्षाहरुलाई समेत पछाडी राखेर दशांश भनि जोड्तोड़का साथ् सिकाइएको पाइन्छ | जब कुनै नियम नीतिहरु मानिस बाट जन्मन्छ त्यो हाम्रो आत्मिक इसाई जीवन को निम्ति खतरा बन्छ त्यस्तै भैरहेको छ अहिले यो मानव जातिमा पनि, यहाँ थुप्रै मानव निर्मित व्यवस्थाहरु छन् अनि आत्मिक आखा नखुलेको कारण बाइबल लाइ नबुजेर उल्टो अर्थ लागाई फाइदा लुट्ने हरुको संख्या पनि कम छैन | अब हामी इसाई हरुको निम्ति दशांश के हो र भेटि कसरि कुन रुपमा परमेश्वरलाइ चढाउने त? के हाम्रो निम्ति दशांश अत्यन्तै ठुलो आज्ञा नै हो त? होइन, किनकि ख्रिस्ट द्वारा बसालिएको परमेश्वरको मण्डली ले यसलाई जोड दिदैन तर दशांश को बदला भेटि दिने कुरामा कोरन्थिहरुलाई लेखिएको पत्रमा अझ गहन रुपमा पावलले लेख्नुभएको छ -२ कोरन्थी ९:७ -हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ" | तब किन दशांश होइन त? नया नियममा ख्रिस्ट को व्यवस्था अनुसार कहीं पनि दशांश लाइ निरन्तरता दिने कुरा देखिएको छैन जस्तो अहिलेको अगुवाहरुले पुरानो व्यवस्था लाइ निरन्तरता दिने कुरामा जोड दिदछन | तर ख्रिस्ट स्वयं र प्रेरितहरुद्वारा दशांशको कुरालाई कत्ति पनि अर्थ्याइयेको पाइदैन किनकि यो इसाईहरुको निम्ति आवस्यक कुरो थिएन | अब दशांश के हो त कसको निम्ति हो त उसोभए! बाइबल अनुसार दशांश पहिलो पल्ट अब्राहमले पुजाहारी मल्किशेदेकलाइ दिएको पाइन्छ -
उत्पत्ति १४:१७-२० "कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूलाई पराजित गेरपछि अब्राम आफ्नो घर फर्के। जब तिनी घर आए सदोमका राजा तिनलाई भेट्न शाबेको बेंसीमा आए। यस ठाउँलाई ऐले राजाको बेंसी भनिन्छ।१८. शालेमका राजा मल्कीसेदेक पनि रोटी र दाखरस लिएर अब्रामसित भेट्न आए। तिनी सर्वोच्च परमेश्वरको पूजाहारी थिए। १९. मल्कीसेदेकले अब्रामलाई आशीर्वाद दिएर भनेः“जुन परमेश्वरले पृथ्वी र स्वर्ग बनाउनु भयो, सर्वोच्च परमेश्वरले अब्रामलाई आशीर्वाद दिऊन्। २०. अनि हामी सर्वोच्च परमेश्वरलाई धन्यवाद दिन्छौं। परमेश्वरले तिम्रा शत्रुहरूलाई परास्त पार्न तिमीलाई सहायता गर्नु भयो।” 
अब्रामले आफूले युद्धमा पाएको प्रत्येक चीजको एक-दशांश मल्कीसेदेकलाई दिए। उल्लेखित् अब्राहमले दिनुभएको दशांशको बारेमा भन्नु पर्दा जुन लुटको समान अब्राहमले मल्किशेदेक पुजाहारिलाई दिनुभएको थियो त्यो चाही परमेश्वरले दिनुभएको आज्ञा होइन जस्तो आजभोलि को अगुवाहरुले अब्राहामको उदाहरण दिदै दशांश बटुल्ने काम गर्दछन | तर अब्राहामले आफ्नो इच्छा अनुसार दश प्रतिशत लुटको समान मल्किशेदेकलाइ टक्र्याउनु भएको थियो कुनै दशांश दिनै पर्छ भन्ने करकापमा परेर होइन नता कुनै आज्ञा स्वरुप नै थियो | तर दशांश आज्ञा स्वरुप पछि बाट इज्राइयेलि हरुको समयमा मोसालाइ दिइएको व्यवस्था द्वारा सुरु भएको थियो जुन ''लेवी पुजाहारीहरुको" निम्ति ठहराइएको थियो | अब दशांश चाहिं लेवी हरुको निम्ति हो भन्ने कुरा यसरि लेखिएको छ -हिब्रु ७:५ "अब नियमले भन्छ, लेवीको सन्तानबाट जो पनि पूजाहारीहरू बनिन्छन्, मानिसहरूबाट उसले दशांश पाउनु पर्छ। पूजाहारीहरू र तिनका मानिसहरू दुवै अब्राहामकै परिवारबाट हुन। तथापि पूजाहारीहरूले आफ्नै मानिसहरूबाट दशांश उठाउँछन्।" दशांश लेवी पुजाहारीहरुको निम्ति जो परमेश्वरको पालमा काम गर्नेहरु अथवा परमेश्वरको भवनको सेवा गर्ने पुजाहारीहरुको भोजनको निम्ति थियो जुन यसरि लेखिएको छ -मलाकी ३:१० "सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मलाई जाचेर हेर। आफ्नो चीजको दशांश मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा भोजन रहोस ....|"  जसर्थ इज्राइयेलि हरुले दिएको दशांश परमेश्वरको घरमा सेवा गर्ने लेवी पुजाहारिहरुलाई भोजनको निम्ति हुने गर्दथ्यो | तर त्यो व्यवस्था मोसको व्यवस्था अनुसार इज्राइयेलि हरुको लेवी पुजाहारिहरुको निम्ति थियो भने हामी इसाई हरुको निम्ति चाही त्यो मान्य हुदैन, तर कसरि? आउनुहोस संगै पढौ - हिब्रु ७:१२ "पुजाहारी परिवर्तन भए संगै व्यवस्था पनि परिवर्तन हुने पर्छ" त्यसैले लेवी पुजाहारी हरु परिवर्तन भई ख्रिस्ट हाम्रो प्रधान पुजाहारीको रुपमा ठहराउनु भयो | दशांशको व्यवस्था लेवी पुजाहारीहरुको निम्ति दिइएको थियो भने अब पुजाहारी बदलीएको छ र व्यवस्था पनि बदलिनै पर्छ त्यसैले दशांश को व्यवस्था लेवी हरुको निम्ति थियो तर इसाई हरुको निम्ति होइन | तर अब इसाई हरुको निम्ति कुनै करकाप मा परेर दशांश जस्तो दिनै पर्छ भन्ने आज्ञा होइन तर प्रेरित पावलद्वारा दिइएको नया व्यवस्था चाहिं यो छ - २ कोरन्थी ९:७ "हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ |'' दशांश भने बित्तिकै तपाईको दश प्रतिशत नै दिनै पर्ने हुन्छ कुनै वहाना चल्दैन दिनै पर्छ तर इसाई हरुको निम्ति त्यो जबर्जस्ति को आज्ञा अब उप्रान्त छैन तर आफ्नो इच्छा अनुसार परमेश्वर मा चढाउनु चाहिं नया नियम हो जुन पुजाहारी संगै परिवर्तन भएको व्यवस्था हो | कति दिने भनेर तपाई र मेरो हृदयले निर्णय लिने हो तर दशांश देउ भनेर दश प्रतिसत कुनै अगुवाले ठहराउने होइन, हुनसक्छ अगुवाहरुको घोसणा अनुसार कुनै व्यक्ति ले दश प्रतिशत आफ्नो कमाइ देला तर त्यसको हृदय खुसि थिएन भने के त्यसलाई परमेश्वरले आशिस दिनुहुन्छ? परमेश्वर त्यो दश प्रतिशत संग प्रसन्न हुनुहुन्छ त? पक्कै पनि हुनुहुन्न किनकि दशांश नियम मोसाको व्यवस्था अनुसार इज्राइयेलि हरुको निम्ति सारीरिक हो भने ख्रिस्ट को व्यवस्था चाहिं आत्मिक नियम हो |  ९०% दियो भंने उद्दार चित्त ले दियेको रे तर १०% भन्दा अलिकती कम ८% दियो भने दिने मान्छे चोर रे परमेश्वर बाट चोरेको रे, त्यसैले १०% नै दिनै पर्छ रे नत्र पाप पो हुन्छ रे त। दशांश भने पछि १०% हो ८% दिनु हुदैन भन्ने बुजियो तर दशांश भने पछि ९०% पनि पापै ठहरिनु पर्ने नि होइन र किन खुसि हुदै फलानो ले ९०% दियो भन्दै खुसि भएर पुल्पिटबाट नाम लिदै कुर्लिनु ? यसको अर्थ हुन्छ लोभिहरु, कहिले नघाउने हरुले आफ्नो पेट भर्नुलाई फलाकेका मात्र हुन् कत्तिले आत्मिक वचन नबुजेर दशांश मागेका छन् भने कत्तिले आफ्नो पेट भर्नको निम्ति दशांश भनेर फलाक्ने गरेको पाइन्छ, उदाहरण लेवी पुजाहारी ले दशांश उठाएर खाए भनेर हामी पास्टर हरु पनि पुजाहारी हो भन्दै खाने गरेको पनि पाइन्छ तर हाम्रो प्रधान पुजाहारी त ख्रिस्ट हुनुहुन्छ अनि उहाँ को व्यवस्था दशांश होइन जुन पुजाहारी पद संगै परिवर्तन भैसकेको छ | मण्डलीमा इसाईहरु कुन हालतमा छन् त्यसको कुनै पर्वाह छैन तर दशांश भए पुग्यो, जवानहरु बिग्रियोस कि सप्रियोस तर मण्डलीमा दशांश मात्र लिएर आए पुग्यो, श्रीमान श्रीमती झगडा गरोस कि मारामार गरोस दशांश लिएर आए पुग्यो, चाहे कसैले चोरेर ल्याओस कि लुटेर दशांश ल्याए पुग्यो | अगुवाहरु सेवाकाइ गर्ने बहानामा यति सम्म लालचले भरिन थालेको छ कि एक पटक बेनिहिन को प्रचार हेर्न गएको थिएँ अन्त्य मा उसको एउट उर्दी थियो जसले धेरै पैसा सहयोग गर्छ त्यसको नाम उसको व्यक्तिगत हवाई-जहाज मा लेखिने छ रे, म गरिब ले भो पर्दैन पैसा दिन पनि सक्दिन नाम त्यो जहाज मा लेखिनु पनि परेको छैन जीवन पुस्तक मा नाम लेखिए भैगो भनेर फर्किए | तिनीहरु को हुन् भनेर यसैया को पुस्तक मा स्पस्ट लेखिएको छ पढ्नुहोस यसैया ५६:११

दशांश दिन थालेपछि यस्तो आशिस पाउछ त्यस्तो आशिस पाउछ भनेर विभिन्न कथा सुनाउदै पैसा झार्न उत्साहित अगुवाहरु लाइ मेरो यो प्रश्न, के पैसा नहुने गरिब इसाई हरुलाई चाहिं आशिस दिनुहुन्न? परमेश्वर को आशिस र स्वर्ग दशांश दिने को मात्र हो?  दशांश नभई खुशीसाथ २% वा ५०% दिनेहरुको भेटि स्वीकार्य हुदैन? मत्ती २३:23 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशांश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दया देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो।" दशांश भनेर कुर्लिने हरुलाई दिएर तिनीहरुको माग्ने आदत लाइ हौसला नदिनुहोस, तर प्रभुको काम को निम्ति आफ्नो हृदय ले निर्णय गरेर दिनुहोस, खुशी साथ् दिनुहोस चाहे १ प्रतिशत होस्, १० प्रतिशत होस् या ५० प्रतिशत अनि १०० प्रतिशत नै किन नहोस उद्दार चित्तले दिनुहोस परमेश्वर को प्रतिज्ञा अनुसार उहाँले तपाइलाइ प्रेम गर्नुहुनेछ |जुन भेटि आफ्नो हृदय को प्रसस्तता बाट दिइन्छ त्यो सुकार्य हुन्छ जस्तो विधुवा को भेटि लुका २१:१-४, तर दशांश जस्तो जबर्जस्ति दश प्रतिशत नै भनेर दिएको चाही उपर्युक्त पटक्कै हुदैन |