धुन लाइ बन्द गर्न तल थिच्नुहोस

start free mp3 download

इसाई महिला-पुरुषले हस्तमैथुन गरेर यौन चाहना पुरा गर्नु पाप हो - बाइबलिय सत्यता

महामहिम परम्धन्य इश्वर को स्तुति होस्, 

धेरै दिन पछि आज एउटा बिसय लाइ उठाउन मन लाग्यो, गएको केहि दिन अगि को युवा सम्मेलन मा वचन प्रचार पछि मैले जवान हरुलाई खुलेरै आफ्नो कुनै पनि प्रश्न वा जिज्ञाशा राख्न अनुरोध गरेपछि एउटा जवान ले शाहस गरेरै एउटा विषय लाइ कोट्याउनु भएको थियो..... त्यो थियो "हस्तमैथुन इसाई हरुको लागि पाप हो?" मैले यो बिसय लाइ विशेस प्राथमिकता दिएर अध्ययन गराएँ धेरै जना ले बाइबलिय जवाफ मा सन्तुस्टी ब्यक्त गरे भने कति जना गम्भीर भएर सोच्न बाध्य भए | हुन पनि विरलै होला जुन मण्डली मा "हस्तमैथुन" सम्बन्धि बाइबलिय शिक्षा दिइन्छ, शिक्षा को कमीले हजारौं मानिस दोधार मा छन "यो पाप हो कि होइन" भनेर .... अब बाइबल अनुसार ख्रिस्ट को व्यवस्था अन्तर्गत यो एउटा गम्भीर बिसय नै हो भन्न सकिन्छ | मैले प्रभुलाई विश्वास गरेदेखि पहिलो पल्ट म वि. टी. एच. को पहिलो वर्ष मा अध्यारत हुँदा एकजना दक्षिन भारत का मित्र ले सोध्नु भएको थियो "हस्तमैथुन पाप हो कि होइन" अनि दोस्रो पल्ट म दुवई मा थिए त्यो बेला मैले मिनिस्ट्री सुरु गरेको थिइन...एक जना भाइ ले सोहि कुरा तेर्स्याउनु भयो -"दाजु मैले बर्सौं देखि हस्तमैथुन गर्दै आएको छु मण्डली मा त कसैले यसको बिसय मा बताएको सुनिन तर यो पाप हो कि होइन?" अनि मैले सोधेको थिएँ -"भाइ मन ले के भन्छ? पाप हो जस्तो लाग्छ कि होइन जस्तो लाग्छ?" उसले जवाफ मा भन्यो -"हो जस्तो पनि लाग्छ होइन जस्तो पनि लाग्छ, दाजु जब  म हस्तमैथुन गर्ने बेला... होइन बाइबल मा लेखेको छैन जस्तो लाग्छ तर काम सकेपछि आत्मग्लानी हुन्छ र प्रभु संग क्षमा माग्छु", हेर्नुस यहाँ पनि त्यहि कुरा छ कि बिस्वाशी हरु दोधार मा छन | 

अप्ठ्यारो नमान्नु होस् किनकि आज को हाम्रो इसाई समुदाय ले विशेस जान्नु पर्ने विषय हो यो र यसको विस्तृत रुपमा आज हामी बाइबल बाट छलफल गर्नेछौं | कति कुरा हामीले जान्न चाहेर पनि जान्न सकिरहेका हुदैनौं, सोध्न चाहेर पनि सोध्ने हिम्मत गर्दैनौं, कुरा मन भित्रै हुन्छ अनि दोधार मा जीरहेका हुन्छौं ति मध्ये 'हस्तमैथुन' पनि एउटा विषय हो जुन कुरा प्रायः हरेकको मन मा एउटा विषय बनेर रहेको हुन्छ तर खुलेर कुरा गर्न हिच्किचाउछ्न, तर हामीले हरेक कुराको प्रस्ट जवाफ पाउनु पर्छ तब हामी उहाको आज्ञा पालन गर्न र हाम्रो निम्ति साचिएको  जीवन को मुकुट को निम्ति निर्धक्क भएर मिहनत गर्न सक्छौं |


प्रश्न: हस्तमैथुन पाप हो कि होइन? 
मेरो जवाफ: सरासर पाप हो |
कसरि? ....आउनुस हामी छलफल गरौँ |
धर्मशास्त्र बाइबल मा सिधा रुपमा "हस्तमैथुन" को बारेमा उल्लेख गरिएको छैन (कत्तिले उत्त्पति ३८:९ लाइ उदृत गरे पनि वास्तब मा त्यो हस्तमैथुन सम्बन्धि होइन) बाइबल ले यसको बारेमा बिस्तृत रुपमा नप्रसट्याये पनि जव हामी यो कार्य मा संग्लग्न हुन्छौं भने हाम्रो हृदय र विवेक ले धेरै कुरामा दोस्याइरहेको हुन्छ | 

 सकारात्मक तरिकाले हेर्ने हो भने "सेक्स" (शारीरिक सम्भोग) बिसय मा बाइबल ले धेरै असल कुरा हरु बताएको छ (उत्त्पति २:२४-२५, १ कोर. ७:५, श्रेष्ठगित)  सेक्स पनि परमेश्वरको सिद्ध सिर्जना को एक हिस्सा हो तर अप्राकृतिक सम्भोग को तरिका चाहिं पाप हो, हाम्रो हरेक अंग ले उहाँको महिमा गरिनु पर्छ तर पाप को साधन को रुप मा प्रयोग गरिनु हुदैन (रोमी ६:१३ -"आफ्ना शरीरका अंगहरु दुष्टताका  साधनको रुपमा पाप गर्नलाई समर्पण नगर, तर मृत्युबाट जीवनमा ल्याइएका मानिस हरु जस्तै आफैलाई परमेश्वर कहाँ  दीहाल, र शरीरका अंगहरुलाई धर्मिकताका साधन जस्तै  परमेश्वर कहाँ  समर्पण गर)  | सेक्स बैबाहिक स्त्री र पुरुस को लागि सुन्दर उपहार हो तर जव मानिसले यसलाई वैवाहिक सम्बन्ध भन्दा बाहिर रहेर यसको फाइदा उठाउन खोज्छ त्यो सरासर पाप ठहरिन्छ त्यसैले कुनै पनि कामवासना ले भरिएको हरेक क्रियाकलाप बाइबल अनुसार पाप ठहरिन्छ | 
एउटा कुरा हामी ले सधै बुज्नु पर्ने कुरा के हो भने हामी व्यवस्था को अधिन मा होइन तर ख्रिस्ट को अधिन मा छौं र व्यवस्था शारीरिक हो भने ख्रिस्ट को नया करार आत्मिक हो | अब व्यवस्थानुसार मानिस कर्म ले धर्मी ठहरिन्थ्यो अर्थात् शारीरिक आज्ञापालन र न्याय का कुराहरु भए तर हामी इसाई हरु चाहिं नया करार को महिमा मा जिउने हरु हौँ र यो आत्मिक हो | हाम्रो जीवन मा शरीर मा जे प्रकट हुन्छ त्यो भित्रि हृदय बाट आएको हुन्छ र हृदय को कुराले महत्वपुर्ण भूमिका खेल्दछ इसाई को जीवनमा, मोसाद्वारा दिएको व्यवस्थाले "तैले व्यभिचार नगर्नु -व्यवस्था ५:१८ भन्छ तब इज्राइलि हरुले शरीर मा कुनै स्त्री संग अनैतिक सम्बन्ध नराखे सम्म तिनीहरु व्यभिचारी कहलीयेनन तर ख्रिस्ट ले भन्नु भयो -"तिमीहरुले यसो भनेको सुनेका छौ  'तैले व्यभिचार नगर' तर म तिमीहरुलाई भन्दछु जसले कोहि स्त्रीलाई कामवाशानाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससंग व्यभिचार गरिसकेको हुन्छ" -मत्ती ५:२७-२८ | अब हामीले बुझ्नु पर्ने मुक्य कुरा यहि हो बाइबल मा हस्तमैथुन गर्नु पाप हो भनेर सिधै उल्लेख नगरियेता पनि अप्रतक्ष रुपमा अनि गम्भीर रुपमा यो पाप नै हो भनेर बाइबल ले बताउँछ, मानौं कुनै स्त्री वा पुरुष लाइ यौन चाहना हुन्छ यो प्राकृतिक हो इस्वरको योजना अनुसार तर आफ्नो यौन चाहना संगै त्यो स्त्री वा पुरुष ले आफ्नो सहकर्मी को अनुपस्थिति मा अर्को विकल्प अंगाल्न पुग्छन र हस्तमैथुन गर्न सुरु गर्छन (बजार मा आएका धेरै मोर्डन रबर तथा इलेक्ट्रोनिक टोय हरुको पनि प्रयोग गरिएको पाइन्छ जुन हस्तमैथुन समान हो) अनि हस्तमैथुन गर्ने क्रम मा कुनै स्त्री वा पुरुष ले अर्को विपरित लिङ्ग संगी को परिकल्पनामा डुब्ने गर्नु यो कुरा अकाट्य छ | अनि अनुसन्धान अनुसार धेरैले 'पोर्न' अर्थात् अस्लिल भिडियो हरु हेरेर त्यसै भिडियो को स्थान मा आफुलाई परिकल्पना गर्दै हस्तमैथुन द्वारा आफ्नो यौन इच्छा पुरा गर्ने गरेको कुरा पाइएको छ | अगि मैले माथि उल्लेख गरेको एकजना भाइ जो दुवई मा हुनुहुन्थ्यो उहाँलाई सोधेको थिएँ कि हस्तमैथुन गर्ने क्रममा हुने परिकल्पना को बारेमा, अनि उहाँले यहि कुरा हरु ब्यक्त गर्नु भयो कि विभिन्न विपरित संगीसंग को काल्पनिक संसारमा डुबेर आफ्नो इच्छा पुरा गर्ने गरेको | अब यी सबै कुराले प्रस्ट हुन्छ कि येशुले मत्ती ५:२७-२८ मा भन्नु भए अनुसार यो पाप हो जसले हामीलाई व्यभिचारी तुल्याउँछ, बलात्कार गर्नुलाई मात्र व्यभिचारी   अनैतिक पाप हो भनेर फाशिं को सजाय मागेको हामीले सुनेका छौं अब हाम्रो महत्वपुर्ण आत्मिक जीवन मा पनि मानिसहरु ले हृदयमा व्यभिचार अर्थात् कुनै स्त्री वा पुरुस सङ्ग व्यभिचार गरिरहेको हुन्छ भने यसको सजाय झन् कति कठोर होला | अब हस्तमैथुन गर्नु 'व्यभिचार वा पाप' हो भने बाइबल ले व्यभिचारीलाई यसो भनेको छ -"पाप-स्वभावका कामहरु प्रत्यक्ष छन, जो यी हुन् -व्यभिचार, अपवित्रता.........जस-जसले यस्ता काम हरु गर्दछन परमेश्वर का राज्य का हकदार बन्नेछैनन" -गलाती ५:१९-२१, फेरी -"अधर्मिहरु परमेश्वर का राज्यको हकदार हुदैनन् भन्ने के तिमीहरुलाई थाहा छैन? धोखा नखाओ -अनैतिकहरु, मुर्तिपुजक हरु, ब्यभिचारिहरु, समलिंगीहरु, पुरुस्गामिहरु.............परमेश्वर क राज्यका हकदार हुनेछैनन्" - १कोर.६:९-१०, अनि प्रेरित पावल ले पनि व्यभिचारी को संगत नगर्ने कुरामा भनेका छन् -"तर यस्ताको संगत नगर्नु भनेर मैले तिमीहरुलाई लेखे, जसले आफैलाई विश्वासी भाइ हुँ भनि भन्छ तर वास्तवमा जो व्यभिचारी वा लोभी, वा मुर्तिपुजक, वा निन्दा गर्ने वा मतवाला वा लुटाहा हो यस्तो मानिससंग त खान पनि नबस"-१कोर. ५:११ | र अब हस्तमैथुन गर्नु पनि व्यभिचार ठहरिदो रहेछ भने अन्त्य मा प्रकाश २१:८ मा अन्तिम दण्ड को कुरा यसरि लेखिएको छ -"तर डरपोकहरु , अविश्वाशी हरु, घिनलाग्दा भएकाहरु, हत्याराहरु, ब्यभिचारिहरु..........सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ | यो दोस्रो मृत्यु हो |"  

अब हामीलाई यो कुरा थाहा हुन जरुरि छ कि 'हस्तमैथुन' एउटा पाप मा फसाउने परिक्षा हो, यसको लत बसेपछि नसा सरह हुनपुग्छ, धेरै जना को भनाइ अनुसार यो कुलत जस्तै हुन्छ र छोड्न गाह्रो हुन्छ | सैतानले मानिसको दिमाग मा पाप होइन भन्ने भावना हालिदिन्छ अनि दुष्टताको उत्तेजनात्मक विचार मा सहमत जनाउदै पाप गर्न पुग्दछ अनि पाप गरिसकेपछि हाम्रो परमेश्वर ले दिनु भएको विवेक ले दोस्याउन थाल्छ र हामीलाई आत्मग्लानी हुन्छ | इसाई हुनु को मतलब पाप, संकस्ट, परिक्षा, पिडा, दुखाई आदि इत्यादी बाट पूर्ण रुपमा स्वतन्त्र होइन तर एकपटक धोइएका हरु हौँ तर उहाँको राज्य मा प्रवेश नगरेसम्म हाम्रो चारै तिर परिक्षा, दुःख, पिडा, कस्ट आउनेछ तर हमिचाहीं कस्ट मा पर्छौं तर त्यागिन्दैनौं, परिक्षा आउँछ तर लड्ने शक्ति येशु द्वारा पाएका हरु हौँ, हरेक परिक्षा बाट उम्कने बाटो प्रभुले बनाइदिनु भएको छ -"मानिसलाई आइपर्ने परिक्षा बाहेक तिमीहरु अरु परिक्षामा परेका छैनौ, परमेश्वर विश्वाश योग्य हुनुहुन्छ, उहाँले तिमीहरुलाई तिमीहरुका शक्तिदेखि बाहिरका परिक्षामा पर्न दिनुहुनेछैन, तर परिक्षाको साथसाथै उम्कने बाटो पनि बनाइदिनुहुनेछ - यसरि तिमीहरु त्यसलाई खप्न सक्नेछौ"- १कोर. १०:१३ | त्यसैले हामी जे गर्दछौं त्यसद्वारा परमेश्वर को महिमा भएको हुनु पर्दछ -१कोर. १०:३१ "यसकारण चाहे तिमीहरु खाओ, अथवा पिओ, वा तिमीहरु जेसुकै गर सबै परमेस्वरका महिमाको निम्ति गर" अब हस्तमैथुन बाट उहाँको महिमा होलात!, हाम्रो बिस्वाश त्यो होइन र यस्तो कार्य बिस्वाश बाट आउदैन भने बाइबल ले भन्छ -".............विश्वास बाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो-रोमी १४:२३"
तसर्थ: प्रियहरु हाम्रो शरीर बाट परमेस्वर कै महिमा भएको हुनु पर्दछ जस्तो लेखिएको छ -"तिमीहरुको शरीर पवित्र आत्माको मन्दिर हो जुन पवित्र आत्मा तिमीहरुले परमेस्वर बाट पाएका छौ, र उहाँ तिमिहरुभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरुलाई थाहा छैन? तिमीहरु स्वयम् आफ्नै होइनौ | तिमीहरु मोल तिरेर किनिएका हौ | यसकारण तिमीहरुका शरीरमा परमेस्वरको महिमा गर" -१कोर. ६:१९-२० 

"आमिन"



1 comment:

  1. हस्तमैथुन पाप नै हो भनेर म बिश्वस्त छु । तर एक जना थिओलोजिनले कसैसँग ब्यभिचारमा फँस्नु भन्दा त बरु हस्तमैथुन गरेमा सुरक्षीत भइन्छ भन्ने कुरा गर्नुभएर अन्योलता सृजना गर्नुभयो । उहाँको तर्क थियो कि बाइबलले हस्तमैथुनलाई पाप भनेको छैन । यस्ता विद्वानहरुको न्याय कस्तो होला ?

    ReplyDelete