एउटा कुरा म किटान गरेर भन्छु म जुन परमेश्वर को मण्डली मा सेवा गर्छु जहाँ संसार को सबै भन्दा धेरै सदस्यहरु हुनुहुन्छ, र यति धेरै लाखौं हाम्रा दिदि बहिनिहरु ले आफ्नो शरीर नढाक्ने किसिम को वश्त्र र छोरा मान्छे को पहिरन अनि छोटो कपालमा कहिले पनि देखिन र म जान्दछु परमेश्वर को मण्डली को छोरीहरुले त्यो रुपमा कहिले देखिनु हुने पनि छैन किनकि हामीलाई परमेश्वर को साचो दास ले उहाँ को सत्य शिक्षा सिकाउनुभयेकै छ |
म आज यहि विषय लाइ चर्चा गर्न गैरहेको छु, यदि तपाई आफुलाई इसाई भनेर दाबी गर्नु हुन्छ भने "इसाई" सब्द को बदनाम हाम्रो शरीर ले गरिरनु पनि हुदैन | हाम्रो शरीर लाइ एउटा असल शु-समाचार को माध्यम को रुप मा सिर्जना गरिनु जरुरि छ किनकि यो विषय लाइ उठाउदा धेरै ले यस्तो प्रतिक्रिया दिएको पाइन्छ "बाहिर लुगा पहिरन जस्तो लगाए पनि भये पनि तर भित्र हृदय साफ र असल हुनु पर्यो" तर म यो वाक्यांश लाइ सिधै इन्कार गर्दछु किनकि यो सत्य होइन बाइबलले यसरि बताउदछ -हितोपदेश २७:१९ "पानीमा अनुहार प्रतिबिम्बित भएझै मानिसको हृदयमा मानिस प्रतिबिम्बित हुन्छ" अनि फेरी मति १५:१८ -"तर जुन कुराहरु मुखबाट बाहिर आउछन, ति हृदयबाट निस्कन्छन, र तिनैले मानिसलाई अशुद्द तुल्याउछन |" अब परमेश्वर को यहि वचन बाट हामीलाई स्पस्ट गराउँछ कि हामी जे गर्छौं, जे बोल्छौँ, जस्तो क्रियाकलाप देखाउछौँ ति सबै हाम्रो हृदय को प्रतिबिम्ब बाहिरी रुपमा प्रकट भएको हो तसर्थ पहिले हामीले हाम्रो हृदय ठिक गर्नु पर्यो नि होइन! र जब हामी पुरुष ले लामो कपाल, कान मा कुण्डल, च्यात्तिएको जिन्स आदि इत्यादी अनि महिला ले छोटो कपाल, छोटो कपडा, ट्याटु धेरै गर-गहना आदि इत्यादी को बिसय मा बाइबले प्रतक्ष अनि अप्रतक्ष रुप मा मनाही गरेता पनि अगि माथि भनेको "वहाना" मा धेरै ले आज्ञा को विपरित गरेको पाइन्छ |
म नेपालको दिदि बहिनि आमा हरु मा अझै पनि गर्ब गर्छु कि हाम्रो नेपाली सस्कृति ले छोटो कपडा लगाउनु लाज को कुरा हो भनेर सिकाएको पक्कै हो किनकि मैले मेरो आफ्नै घरको दिदिहरु लाइ मेरो बा आमाले भन्नु भएको र मनाही गर्नु भएको सुनेको देखेको छु अनि त्यसैको प्रभाव इसाई महिला हरुमा पनि परेको हो भन्न सकिन्छ तर इसाई भएर नै त्यस्तो हो भन्न चै अलिक सक्दिन किनकि अगुवा, पास्टर, प्रचारक वा मण्डली प्रशासन ले त्यो बिसय मा जोड दिएर शिक्षा दिएको र प्रतिबन्ध लगाएको मैले देखेको छैन | देश -विदेश घुमेर पनि मैले नियालेको छु हाम्रो देश भन्दा खत्तम त अरु देश मा देखेको छु, एकपटक एउटा सभा मा मैले बोल्न इन्कार गरेँ किनकि त्यो दृश्य ले मलाई प्रभुको सत्य प्रचार्न बाधा दिइरहेको थियो, त्यो माहोल यस्तो थियो त्यहाँका महिला हरु को पहिरन, र मेक -अप ...यस्तो लाग्थ्यो कि कुनै सिनेमा को अभिनेत्री अथवा स्पस्ट रुपले भन्नु पर्दा ग्लामर मोडल (Glamour model), एक बित्ता बराबर को छोटो स्कर्ट, छोटो टि-सर्ट, नाइटो मुन्तिर "धनुष-तिर" (Arrow) ले तलतिर देखाइरहेको ट्याटु, अनुहार पुरै मेक-अप अनि अगाडी को बेञ्च मा उपरखुट्टी लगाएर बडो बलजफ्ती ले लाज ढाकेर बसिरहेको महिलाहरु लाइ मैले इसाई महिला हरु भन्न हिच्किचाएँ | अब त्यस्तो महिला देख्दा सामान्य विस्वास मा हुर्किदै गरेको विश्वासी लाइ पाप मा फसाउन १००% टेवा पुर्याउँछ ("तिमीहरुले यसो भनेको सुनेका छौ 'तैले व्यभिचार नगर' तर म तिमीहरुलाई भन्दछु जसले कोहि स्त्रीलाई कामवाशानाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससंग व्यभिचार गरिसकेको हुन्छ" -मत्ती ५:२७-२८) |
बाइबल को नया नियम मा ख्रिस्ट को व्यवस्था स्वरुप प्रेरित पावल ले रोमी मण्डली हरुलाई यसरि अनुरोध गर्दै शिक्षा दिनु भएको थियो - रोमी १२:१-२ "यसकारण भाई हो, परमेश्वर को कृपालाई ध्यान मा राखी म तिमीहरुलाई अनुरोध गर्दछु, कि तिमीहरुको आत्मिक उपासनाको रुपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वर लाइ ग्रहण योग्य हुने जिउँदो बलिको रुपमा अर्पण गर | यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भइ पूर्ण रुपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरुले जाँच्न सक |" पावल ले हाम्रो सरिर को कुरालाई उद्दृत गर्दै भन्नु भएको तात्पर्य हाम्रो शरीर एक पवित्र र ग्रहण योग्य वलिदान को रुप मा जिउनु पर्छ अनि संसार को ढाचामा मा चल्ने होइन, पक्कै पनि संसार मा त्यो सबै कुरा भैरहेको छ त्यसलाई प्रतिबन्द लगाउने हामी होइन तर परमेश्वर को शिदान्त को अनुसार संसारमा जे भैरहेको छ, जस्तो रुप मानिस हरुमा छ, जे संसारले पहिरिएको छ, जस्तो बोलीचाली छ त्यस बाट पूर्ण रुप मा हजुर ...पुरा रुपमा परिवर्तन हुनु भन्ने हो | त्यसो भए बाइबल ले स्त्री हरुको पहिरन सम्बन्धि कस्तो आज्ञा दिएको छ त ? प्रेरित पावल भन्नुहुन्छ -१ तिमोथी २:९-१० "यसै गरि म चाहन्छु, कि स्त्रीहरुले सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरुन, केशको बढी सिंगार गरेर, सुन, मोति र बहुमुल्य वस्त्रहरू पहिरेर होइन, तर असल कामद्वारा सुसज्जित होउन, जो परमेश्वर को भक्ति गर्ने स्त्रीहरुलाई सुहाउँछ |" अनि स्त्री ले पुरुष को वस्त्र र पुरुष ले स्त्री को वस्त्र पहिरिनु बाइबल मा स्पस्ट रुपमा प्रतिबन्द गरिएको छ -"व्यवस्था २२:५ पुरुषले लाउने लुगा स्त्रीले लाउनुहुदैन, र स्त्रीको लुगा पनि पुरुषले लाउनुहुदैन | यसो गर्नेलाई परमप्रभुले तिमीहरुका परमेस्वरले घृणा गर्नुहुन्छ |" तब यी कुरा हरु बाइबल मा स्पस्ट रुपमा लेखिकै छ भने कुन बहानाले हामी उहाँको नियम उलंघन गर्ने? जानी जानी गरिएको पाप पश्चाताप द्वारा क्षमा हुन्छ भन्ने अन्धो अगुवाहरुको सिक्षा बाट आजै बाहिर निस्किनुहोस |
निस्कर्स: धेरै मण्डली हरुले यी कुराहरुलाई गहन रुपमा नलिएको पाइन्छ, अगुवा हरु त यस्तो पो छन् सनिवार वा आइतबार मण्डली मा आयो र आफ्नो दैनिकी पुरा गर्यो पर्याप्त भयो, त्यहाँ आधा घण्टा बढीमा एक घण्टा प्रचार गरिन्छ त्यो पनि आफुले खाएको र लाएको हिडेको जस्ता कथा कहानी प्रचार गरिन्छ जस्तो बाइबल मा पहिले लेखिएको छ -"२ तिमोथी ४:३-४ किनकि यस्तो समय आउदैछ, जब तिनीहरु ठिक शिक्षालाइ नसहने हुनेछन, तर आफुलाई मन परेका कुरा मात्र सुन्न चहनेछन र आफ्नो रुचिअनुसार को सिक्षक हरु थुपार्ने छन्, र सत्य कुरा सुन्नदेखि तर्किजानेछन, दंत्यकथाहरुतिर बरालिनेछन ) बिस्वाशी हरु कुन हालत मा छ के गर्दै छन् त्यो वास्ता गर्दैनन् तर प्रसासन बिना को मण्डली प्रमेस्वर को मण्डली हुन सक्दैन, नियम भंग गर्ने मण्डली उहाँ को मण्डली हुन सक्दैन, असल शिक्षा दिन नसक्ने मण्डली ख्रिस्ट द्वारा बसालिएको मण्डली होइन, भ्रमात्मक रुप मा जीरहेको विश्वाशी ले भरिएको मण्डली सत्य मण्डली होइन तर असल सत्य अनि परमेश्वर को मण्डली त त्यो मण्डली हो (१ तिमोथी ३:१५) जहाँ प्रेरित हरु द्वारा बसालिएको ख्रिस्ट को प्रसासन अझै पनि लागु हुन्छ, जहाँ हर प्रश्नको जवाफ अगुवाहरुले दिन सक्छ, जहाँ अगुवाले आफ्नो भेडा हरुको लागि आफ्नो ज्यान दिन पनि तयार हुन्छ तर भेडा हरु बरालिएर जान दिदैन, जहाँ हरेक दिन बाइबलिय प्रकाश हरु दिइन्छ, लाखौं सदस्य नै किन नहोस जहाँ भेडा ले गोठाला को स्वर सुन्ने बित्तिकै खुसि साथ् सामुन्ने हुन्छ बरालिएर जादैन किनकि गोठाला ले लाखौं को संख्या मा भए पनि एक एक गरि सबै को हेरचाह गरिरहेको हुन्छ | यदि तपाई हरु पनि त्यस्तो मानिस हरु को मण्डली मा हुनुहुन्छ भने आजै बाहिर निस्किनुहोस (२ कोरन्थी ६:१७-१८ “यसैले ती मानिसहरूबाट निस्केर आऊ,
आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ,
केही असुद्ध कुराहरू नछोऊ,
र म तिमीरूलाई स्वीकार गर्नेछु।”
“म तिमीहरूका पिता बन्नेछु,
अनि तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ,
सर्वशक्तिमान् परम प्रभु भन्नु हुन्छ।”
र परमेश्वर को असल र सत्य मण्डली खोज्ने प्रयाश गर्नुहोस किनकि तपाई को उद्दार र मुक्ति को निम्ति तपाई आफै सक्रिय हुनु पर्छ अन्धो ले अन्धो लाइ डोर्याउन सक्दैन (लुका ६:३९) त्यसैले आखा देख्ने को पछि लाग्नु हाम्रो कर्तब्य हो | याद गर्नु पर्ने कुरा झुटा मण्डली येशु आइसक्यो, माता परमेश्वर जस्ता सिक्षा लिएर मात्र आउदैन तर तपाईले सेवा गर्दै गरेको मण्डली पनि झुटा हुन सक्छ किनकि यदि त्यहाँ बाइबलिय शिक्षा र प्रशासन छैन भने त्यो झुटा हो कि सत्य हो भनेर आफै थाहा पाउनुहुनेछ |
अतः मेरा हरेक लेख हरु अति सामान्य वा साधारण भासामा लेखिएको छ तर पनि कुनै प्रश्न, जिज्ञासा प्रतिक्रिया भए मलाई इमेल गर्नुहोस | mamschamling@gmail.com

No comments:
Post a Comment