धुन लाइ बन्द गर्न तल थिच्नुहोस

start free mp3 download

के त्यसो भए डाह गरेर परमेश्वरले पनि पाप गर्नु भयो त ? -

शुनिल राजभरत :- एउटा जिज्ञासा ..... गलाती ५ः१९–२१ पाप स्वभावका कामहरु प्रत्यक्ष छन् जो यी नै हुन् – व्यभिचार, अपवित्रता, लम्पटपना ..................२१ डाह, पियक्कडपन, मोजमज्जा र यस्तै अरु, जसका विषयमा म तिमीहरुलाई चेतावनी दिन्छु, र अघि पनि दिएकै हुँ । जस–जसले यस्ता कामहरु गर्दछन् परमेश्वरका राज्यका हकदार बन्नेछैनन् । प्रस्थान २०ः५ तिनीहरुका सामु ननिहुरनु, तिनीहरुको पूजा नगर्नू किनकी म परमप्रभु तिमीहरुका परमेश्वर डाह गर्ने परमेश्वर हुँ । 
प्रश्नः- के त्यसो भए डाह गरेर  परमेश्वरले पनि पाप गर्नु भयो त ????

प्रश्न को लागि धन्यवाद!

जवाफ:- पहिलो कुरा हामीले बुज्नु पर्ने;
# परमेश्वर इस्वरत्व हुनुहुन्छ, मानव होइन |
# मानिस मनुस्वत्व हुन्, इस्वरत्व होइन र जनावर स्वभाव होइन |
# जनावर जनावर नै हो त्यसमा मनुस्वत्व र इस्वरत्व हुदैन |
अब परमेश्वर र मानब शत प्रतिसत फरक हुन्, र हामीले बुज्नु पर्ने कुरा बाइबल को व्यवस्था र नियम परमेश्वर ले मानिस लाइ दिएको नियम हो, उहाँको निम्ति र स्वर्ग को निम्ति होइन, मानिस को लागि र धर्ति को लागि हो | व्यवस्था ३२:३९ अनुसार परमेश्वर ले प्राण लिनु सक्नु हुन्छ र जीवन दिनु पनि सक्नुहुन्छ, चोट दिनु पनि सक्नु हुन्छ निको पनि पार्न सक्नु हुन्छ तर उहाँले प्राण लिनुहुदा त्यो पाप ठहरिदैन किनकि उहाँ "व्यवस्था दाता" हुनुहुन्छ, अनि उहाले प्राण लिनुहुदा भलाइ को निम्ति उच्चित विवेक को साथ् प्राण लिनुहुन्छ यसैया ५७:१ पढ्नुहोस |
अर्को कुरो हामीले बुझ्नु पर्ने बाइबल अनुसार पाप को "परिभासा" के हो?
१. रोमी पुस्तक को १४ अध्याय को २३ पद मा यसरि लेखिएको रहेछ -"शंका बाट उत्त्पन्न हुने हरेक कुरा पाप हो"
२. याकुब ४:१७ -"भलाइ गर्न जानेर पनि नगर्नु पाप हो" -जुन कुरा उत्त्पति को पुस्तक ४:७ मा पनि लेखिएको छ
३. १ यूहन्ना ३:४ -"व्यवस्था भंग गर्नु नै पाप हो"
सम्पूर्ण बाइबल मा यी तिन वोटा मात्र परिभासा पाप को निम्ति लेखिएको छ अनि गलाती ५:१९-२१ चाहिं १ यूहन्ना ३:४ अन्तर्गत पर्दछ | तर परमेश्वर व्यवस्था दाता (Lawgiver) हुनुभएको कारण डाहि हुनु पाप ठहरिदैन | उदाहरण: मानौ, तपाइँ को घर मा १० ओटा कुकुर छन् अनि तिनीहरु लाइ राम्रो संग तालिम दिइएको छ, अनि तिनीहरुको निम्ति एउटा नियम बनाउनु भयो; नियम :-"कुकुर हरुले खाना खादा झगडा नगरी खाने, यदि झगडा गर्ने कुकुर लाइ कारवाही गर्ने अनि कारवाही चाहिं एकदिन को खाना बन्द गरिदिने"
अब त्यो "नियम" जनावर वा कुकुर को निम्ति भयो अनि झगडा गर्ने कुकुर ले सजाय पाउछ खाना बन्द गरिन्छ तर तपाइँ र तपाई को परिवार खाना खाने बेला जहिले झगडा गर्नुहुन्छ तब के कुकुर को निम्ति बनाएको नियम तपाई मा पनि लागु हुन्छ? कुकुर माथि मानिस को अधिकार छ कुकुर माथि रिस गर्ने अधिकार छ तर कुकुर लाइ मानिस माथि अधिकार छैन त्यसले रिस गर्न सक्दैन | कुकुर मानिस को हेरचाह मा रहन्छ त्यसैले कुकुर ले मानिस को न्याय गर्दै रिस गर्नु मिल्दैन तर कुकुर ले गल्ति गर्यो भने मानिसले कुकुर संग रिस गर्नु गल्ति ठहरिदैन | त्यसैगरी परमेश्वर को हेरचाह मानिसमा रहेको हुन्छ अनि मानिस को निम्ति बनाएको नियम अनुसार मानिस चलेन भने उहाँ लाइ हामी मा रिस गर्ने वा डाही हुने अधिकार छ तर मानिस ले आफ्नो मालिक जसले हेरचाह मात्र होइन हाम्रो सिर्जना नै गर्नु भयो त्यसैले उहाँलाई न्याय गर्दै रिस गर्ने वा उहाँ प्रति डाही हुने अधिकार छैन | समग्रमा व्यवस्था मानिस को निम्ति भएको कारण यो व्यवस्था उहाँमा लागु हुदैन यदि उहाँ पनि मानिस हुनु भएको भए सायद लागु हुन्थ्यो, जस्तो मानिस ले बनाएको नियम बनाउने लाइ पनि लागु हुन्छ तर परमेश्वर र मानिस फरक प्रजाति हुन् जस्तो मान्छे र जनावर फरक प्रजाति हुन् |
 परमेश्वर ले आशिस दिउन |

No comments:

Post a Comment