विकाश भुसाल - प्रश्न:- खास मोसा किन दूध र मह बग्ने देशमा पस्न पायनन?
जवाफ :- प्राय धेरै पटक छलफल गरिएको प्रश्न हो मोसा किन प्रतिज्ञा को भुमि मा प्रवेश गर्न पाएन,
कारण के हो त भन्दा मोसा अनाज्ञाकारी भए, परमप्रभुमा भरोसा गरेनन अनि अर्को अचम्मको काम को श्रेय परमप्रभुलाई दिएनन्, कसरि?
गन्ति २० अध्याय को घटना हो यो:
गन्ति २०:१-१२
"इस्राएलीहरूका सारा समुदाय पहिलो महिनामा जीनको उजाड़-स्थानमा आइपुगे, र कादेशमा वास बसे। अनि मिरियम त्यहीँ मरिन्, र तिनीहरूले तिनलाई त्यहीँ नै गाड़े। समुदायको निम्ति त्यहाँ पानी थिएन, अनि मानिसहरू मोशा र हारूनका विरुद्धमा जम्मा भए। तिनीहरूले मोशासित झगड़ा गरेर यसो भने, “हाम्रा दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेको भए असल हुनेथियो, किनभने अब हाम्रा गाईबस्तुसमेत हामी सब यहाँ मर्नेछौं। किन परमप्रभुको समुदायलाई तपाईंले यस उजाड़-स्थानमा ल्याउनुभयो? मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्याउनुभयो? यस ठाउँमा अन्न, अथवा नेभारा वा दाख वा अनारहरू केही छैनन्। यहाँ पिउने पानी पनि छैन।” तब मोशा र हारून समुदायको सामुबाट भेट हुने पालको ढोकामा गएर घोप्टो परे, र परमप्रभुको महिमा तिनीहरूकहाँ देखा पर्यो। परमप्रभुले मोशालाई भन्नुभयो, “यो लहुरो लिएर तँ र तेरो दाजु हारून गएर समुदायलाई जम्मा गर। तिनीहरूका आँखाकै सामुन्ने यस चट्टानलाई हुकुम गर् र चट्टानबाट पानी निस्कनेछ, र तैंले यस चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्नेछस्। यसरी तैंले समुदाय र तिनका गाईबस्तुहरूलाई पानी दिनेछस्।” तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा लहुरो लिएर उहाँको सामुन्नेबाट गए, अनि मोशा र हारूनले चट्टानको सामुन्ने समुदायलाई जम्मा गरे। तब मोशाले तिनीहरूलाई भने, “सुन, ए विद्रोही मानिस हो! के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदिऔँ?” अनि मोशाले आफ्नो हात उठाएर दुई पल्ट आफ्नो लहुरोले चट्टान हिर्काए। तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो, अनि समुदाय र तिनीहरूका गाईबस्तुले पिए। तर परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “मलाई इस्राएलीहरूका सामु पवित्र तुल्याउनलाई तिमीहरूले ममाथि विश्वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्याउन पाउनेछैनौ।”
अनि ८ पद मा परमप्रभुले मोसालाई चट्टान संग बोल्नु अनि चट्टानले पानि दिनेछ भन्नु भएको थियो तर ११ पदमा मोसाले चट्टान संग बोलेनन् तर चट्टान लाइ दुइ पल्ट हिर्काए | मोसाले परमप्रभुको वचन बोल्नु पर्थ्यो जुन वचन द्वारा परमप्रभुले प्यास मेटाउनु हुने थियो जस्तै नया नियम मा वचन द्वारा जीवन को पानि मिल्छ |
(अनि त्यो चट्टान ख्रिस्ट हुनुहुन्थ्यो १ कोरन्थी १०:४
ख्रिस्ट ले दिने पानि जीवन को पानि हो यूहन्ना ४:१४
अब,
त्यो चट्टान र पानि ले नया नियम मा ख्रिस्ट र अनन्त जीवन को पानि लाइ उजागर गर्दछ |)
(अनि त्यो चट्टान ख्रिस्ट हुनुहुन्थ्यो १ कोरन्थी १०:४
ख्रिस्ट ले दिने पानि जीवन को पानि हो यूहन्ना ४:१४
अब,
त्यो चट्टान र पानि ले नया नियम मा ख्रिस्ट र अनन्त जीवन को पानि लाइ उजागर गर्दछ |)
मोसाले जुन अचम्म को काम को श्रेय परमेश्वर लाइ दिएनन् जुन अर्को गल्ति ठहरियो अनि अर्को कुरा मोसाले उहाँ मा भरोसा गरेनन भन्ने कुरा पनि ठहरिएको छ त्यसैले परमेश्वर ले भन्नु भयो - गन्ति २०:१२ - " त्यसपछि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरू यहाँ भेला भएका थिए तर तिमीहरूले म प्रति सम्मान देखाएनौ। तिमीहरूले इस्राएलका मानिसहरूलाई त्यो पानी निक्लने शक्तिको श्रोत म हुँ भन्ने देखाएनौ। तिमीहरूले उनीहरूलाई यो देखाएनौ की तिमीहरूले म माथि भरोसा गर्यौ। यसकारण यी समुदायलाई मैले दिन्छु भनेको भूमिमा लैजान अगुवाई गर्न पाउने छैनौ।”
No comments:
Post a Comment