म सानो हुँदा आप्पा ले लाहुरे बन्नु पर्छ भन्नुहुँदा निक्कै हौसला मिल्थ्यो तर दुर्घटना मा उहाँ को मृत्यु संगै लाहुरे हुने सपना मरेर गयो| सायद त्यहि पिडा ले अक्लोपन ले मलाइ माध्यमिक बिद्यालय मा पढ्दै गर्दा कवि र चित्रकार बनायो........एउटा सपना नै भयो भबिस्य को व्यावसायिक साहित्यकार र चित्रकार बन्ने, भाबुकता मा र एक्लोपन मा निक्कै कविता र गजल कोरें अनि केहि प्रख्यात व्यक्तित्व हरुको तस्विर समेत कोर्न भ्याएँ| स्नातक समाप्त हुनु भन्दा पहिला फेरी लक्ष बदलियो, भाबुकता र निराशा ले गर्दा होला जीवन मा निक्कै आशा हराएको जस्तो लाग्यो, आप्पा को मृत्यु संगै मेरो जीवन को वास्तविक लक्ष गुमाएको मैले अनुभव गरेको थिएँ| एउटा भनाइ छ नि "कुइरो मा रुमलिएको काक" हो त्यस्तै भएको थिएँ म, जीवन मा के गर्ने कसो गर्ने कता जाने केहि थाहा थिएन, यस्तो लाग्त्यो पूर्ण रुपमा म हराएँ| नक्कली हासो बोकेर दुनिया लाइ झुक्याउने कोसिश गरेँ तर सधै त्यो नक्कली हासो पहिरन सकिन ......अध्यारो भएको थ्यो जिन्दगि| अरुको हासो देख्दा आरिश लाग्थ्यो, अरुको खुशी मा डाह ले जल्थे म, अरुको सफलता मा रिशले राकिन्थे| अब पूर्ण रुपमा आशाविहिन भई आफै मा हराएको थिएँ, थोरै आशा मैले भगवान लाइ दिन सुरु गरेँ .....आश्था को नौटंकी स्वरुप कतै चमत्कार भै हाल्छ कि भनेर भगवान को नाम जप्न सुरु गरेँ, थोरै आश्था लाइ आफ्नो हृदय मा स्थान दिएँ| मैले आफैलाई भनें -"तेरो निम्ति अन्तिम आशा हो भगवान...... यो आशा गुमाइस भने आप्पा भा'को मा जान तयार हो" ......भगवान को पुजा र मन्त्र जप ले सायद मलाई अलिक ब्यस्त बनायो र दुःख को अनुभव अलिक कम गरेँ| त्यहि चुडिन लागेको आश्था ले पनि मलाई जिउदो गरायो त्यो आशाले मलाई आफ्नो इच्छा मा डोर्याउन थाल्यो मैले अब मुर्ति बनाउने कला सुरु गरेँ.........दैनिक त्यो मुर्ति को वोरिपरी रहेर एक्लै बोल्दै र कला को विकाश गर्दा अलिक आनन्द लाग्थ्यो| मानिस हरुले मेरो कलाकारिता देखे अनि प्रसंसा पनि निक्कै गरे, मानिस हरुको प्रसंसा ले मलाई अझै उत्साहित गराउंथ्यो अनि एकान्त मा एक्लै मुसुक्क हासेर आफुलाई बधाई दिन्थें| दैनिक मिहनत ले गर्दा मेरो मूर्तिकला ले गुडस्तरिय रुप लियो अब मानिस हरुले त्यो मुर्ति हरुको मोल तोक्न थाल्यो .......... मैले अब विचार गरेँ ........ ब्यबसायिक मूर्तिकार बन्छु, यसै पेशा लाइ पहिलो स्थान दिन्छु,, यसरि नै निक्कै कलात्मक मुर्ति हरुको सिर्जना गरेँ र धेरै भगवान लाइ बिक्रि गरेँ| हरेक पटक मैले बनाएको भगवान लाइ अन्जान व्यक्ति हरुको साथ् मा पठाउदा अचम्म प्रकार को हासो मेरो मुहार मा थियो म सोच्थे कि "आज पनि अर्को भगवान बिक्रि भयो"|
मैले सोचेको थिए दुनिया नक्कली हासो, नक्कली विचार, नक्कली काम ले चलेको छ, वास्तविकता र सत्यता त छदैछैन जस्तो लागेको थियो| नक्कली मुस्कान को साथ् मा दुनिया संग आत्मसाथ गर्नु मैले सिकेको थिए, आश्था को नाटक गरि आफै इश्वर बनाएर आफै पैसा को निम्ति ति इस्वर हरु लाइ बेचेको थिएँ| वास्तवमा भन्नु पर्दा त्यो बेला ममा कुनै भगवानमा आश्था थिएन मैले त भगवान को नाम मा पैसाको निम्ति मेरो पेशा लाइ एउटा लक्ष बनाएको थिएँ, त्यसैमा मेरो सन्तुस्टी थियो तर वास्तविक मन को शान्ति भने साच्चै थिएन| अझै लाग्थ्यो कि जीवन मा निक्कै कुरा मैले हराएको छु र त्यो मैले भेटाउनु पर्छ, हरेक प्रहर म केहि खोजिरहेको हुन्थे तर थाहा थिएन कि मेरो मन ले के चाहन्छ र के खोजिरहेको छ| यस्तो लाग्थ्यो म आधा जीवन, अपुरो जीवन बाचिरहेको छु, हुन पनि वास्तविकता त्यहि नै थियो, हो आधा जीवन अनि अपुरो जीवन, अशान्ति जीवन....................
जीवन ले यसरि मोड लियो :
करिब १७ वर्ष को उमेर सम्म यो प्रक्रिया मेरो जीवन मा चल्यो, १७ वर्ष पछि फेरी जीवन को अर्को पाटो पत्ता लाग्यो| यसरि १७ वर्ष सम्म आफ्नै भगवान लाइ बेचेँ.........त्यसपछि समय र परिस्थिति हरु बदलिन पुग्यो |
प्रख्यात भनाइ छ "हरेक कुरा हुनुको पछाडी कुनै खाश कारण हुन्छ" अनि विश्व इतिहास मा सबभन्दा बुद्दिमानी राजा सोलोमोन ले आफ्नो पुस्तक मा लेखेका छन् -"सबै कुरा को समय हुन्छ" अँ ...म यो कुरा लाइ साच्चै विस्वास गर्छु| अघि माथि मैले भने जस्तै अझै म जीवन मा केहि खोजिरहेको थिए, एकान्त मा सोच मा हराउथे, आफ्नै विचार हरुको द्वन्द चल्त्यो तर जित कसैको हुदैनथ्यो| आफ्नो कला र सिर्जना लाइ लक्ष त बनाएको थिएँ तर मैले थाहा पाएँ कि जीवन को वास्तविक अर्थ त्यो थिएन, जीवन जिउनु को उदेश्य पनि त्यो हुन सक्दैन थ्यो .........निक्कै गम्भीर प्रश्न हरुले मेरो दिमाग मा जन्म लियो| मैले देखें अनि विचार गरेँ ....प्रसस्त पैसा हुने पनि एकै छिन मा मर्छन, सुन्दर मानिस हरु पनि एकै छिन मा मर्छन, प्रख्यात अनि प्रसिद्द मानिस हरु पनि मर्छन, धेरै ठुलो उदेश्य बोकेर मेहनत गरेको मान्छे पनि मरिहाल्छ्न, भोलि को लागि कत्रो ठुलो योजना बोकेर हिडेको मान्छे पनि मर्छन, आफ्नो निम्ति ब्यस्त हुने मानिस हरु पनि मर्छन, नाम र दाम कमाउछु भनेर मरिमेट्ने पनि मरिहाल्छ्न, अनि अर्को पाटो भोक भोक्कै सडक मा सुत्ने भिकारी बाच्न चाहन्छु भन्दा भन्दै खानु नपाएर बिमारी भएर मर्छन| कोहि बिमारी भएर, कोहि दुर्घटना मा, कोहि सत्रु को हात बाट, कोहि आफै आत्महत्या गरेर मर्छन| प्रश्न थियो आखिर केको लागि जिउने त? मर्ने भए केको लागि मेहनत गर्ने त? के को लागि नाम कमाउने के को लागि पैसा कमाउने धनि बन्ने? के दुःख गर्नु को लागि मानिस उत्पति भएको हो? त्यसो भए अझ अरु दुःख मा झेलिनु भन्दा बरु एहिले नै किन नमर्ने त? धनि भएर पनि मर्नु नै पर्ने, गरिब भएर पनि मर्नु नै पर्ने, नाम कमाएर पनि मर्नु नै पर्ने, बेइजति भएर पनि मर्नु नै पर्ने| अनि मैले सोचे कि दुःखको जीवन जिउने हरु त डरपोक रहेछ, मर्नु को डर ले दुःख गरिरहेको छन अनि तिनै मध्ये मलाई पनि पाएँ, सोचें "सायद म पनि कायर जीवन जिरहेको छु बरु मर्नु उचित"| अगि भने जस्तै अब इश्वर को समय थियो मेरो जीवन मा.........................एकदिन को कुरो हो लगभग ६/७ जना छोरी मान्छे हरु मेरो घरमा देखा परे, तिनीहरुले आफु इसाई भएको जानकारी गराए अनि भने -"आत्मा को उद्दार र मुक्ति सुसमाचार बाइबल बाट प्रचार गर्दै हिडेको तपाई पनि सुन्नु हुन्छ कि?" झट्टै याद आयो मेरो छिमेकी हरुले भनेका थिए इसाई भनेको त खराब धर्म हुन् जबर्जस्ति धर्म परिबर्तन गराउञ्छ्न| मैले झट्टै तिनीहरु को कुरा नसुन्ने निर्णय गरेँ र भने -"होस् पर्दैन एहिले सुन्ने फुर्सद छैन" अनि फेरी एकजना केटि ले भनिन -"एक छिन त हो तपाई को आत्माको शान्ति को लागि अनि आउने जीवन मा उद्दार को लागि केहि सुन्नु भए राम्रो हुन्थ्यो" मलाई त्यो कुरा सुन्दा अचम्म त लाग्यो किनकी त्यो सब्द हरु मेरो निम्ति बिल्कुलै नया थिए तर मैले आफ्नो निर्णय मा अडिक रहने कोशिस गरेँ र भने -"मलाई धर्मको बारेमा केहि सुन्नु छैन, म जात ले किरात हो, हिन्दु त मनै पर्दैन सानै देखि छिमेकी पण्डित को चर्तिकला ले वाक्क भएको छु अब यो क्रिस्तानी भनेको सुन्दै नसुने को कुरा हो बरु तपाई हरु कहाँ जानु पर्ने हो ढिलो नगरी जानुहोस" मैले त्यति भने पछि उनीहरुले कर गरेनन् बरु एकदुई वटा सानो पुस्तक दिएर गए| एकदुई दिन पछि त्यो पुस्तिका पढें ..........अचानक मैले त्यो सानो पुस्तिका हरुमा मेरो जीवन को प्रतिबिम्ब देखें| "जीवन का गम्भीर प्रश्न र तपाई ले उहाँलाई भेटाउनै पर्छ" भन्ने पुस्तक ले मलाई हलचल गरायो| त्यो पुस्तिका को कुराहरुले मलाई अलिकति डर र आशा जगायो, मर्न डर लागेजस्तो भयो, जिउने आशा जागे जस्तो लाग्यो, मैले सोचें -"होइन यो इसाई हरुको कुरा त साचो पो होकी क्या'हो!!" तब मैले कुनै एक जना इसाई लाइ भेटेर गफ गर्ने निर्णय गरेँ| एकदिन एकजना इसाई मित्र भेटें र मन मा भएका कुरा सबै पोख्न पाएको थिएँ, पहिला उहाँले भन्नु भएको कुराले साह्रै अचम्म लाग्यो जुन कुरा मैले कैले सुनेको थिइन, उहाले भन्नु भएको थियो -"यदि तपाई दुःखी छु भन्नु हुन्छ भने त्यो तपाई को आत्मा हो र तपाइले विस्वाश गर्नु पर्छ कि आत्मा छ र हामी त्यो आत्मा को मुक्ति को निम्ति येशु मा विश्वास गर्नु पर्छ| तपाइँ को हातले बनाएको भगवान ले स्वर्ग लान सक्दैन, नता तपाइको दुःख देख्छ नता मदत गर्छ बरु तपाइले त्यसलाई जता लानु भयो त्यतै जान्छ, फुटाउनु भयो भने रुदैन कराउदैन केहि गर्दैन| तर वास्तव मा साच्चै कै इश्वर हुनुहुन्छ तपाइले चिन्न मात्र बाकी छ| उहाँले भन्नु भयो -"मानिस को पाप स्वभाव ले असान्ती, पिडा, दुःख जस्ता कुरा निम्त्याउने गर्दछ" अनि पाप के हो मानिस ले पाप बाट कसरि छुटकारा पाउन सक्छ, येशु को हुन् येशुले के गर्नु भयो र के गर्नु हुन्छ, इसाई हरु को हुन् जस्ता सामान्य जानकारी को कुरा बताउनु भयो| लगभग एक महिना को मेरो खोज तलाश पछि मैले पत्ता लगाएँ कि बाइबल सच्चि नै स्वर्ग बाट को इस्वरिया पत्र रहेछ जुन कुरा "बैज्ञानिक, ऐतिहासिक, भौगोलिक हर प्रकारले प्रमाणित भएको सत्यता रहेछ| यसरि अन्त्यमा मैले ख्रिस्ट येसु मा जिउने प्रतिज्ञा गरेँ, तब मैले आफु पूर्ण भएको अनुभव गरेँ, बर्सौं देखि खोजिरहेको कुरा भेटाएको महशुस गरेँ, हर प्रश्न को जवाफ पाएँ, बचपन देखि हराएको आशा पाएँ, अन्धकार भित्र को एक्लोपन लाइ चिर्दै उज्यालो मा तन्ग्रियेर लामो शास लिएँ|
मैले प्रतिज्ञा गरे अनुसार अझै पनि म येशु को पछि हिडिरहेको छु र उहाँ मा नै एकदिन मर्ने छु तर म भन्न सक्छु कि म शान्ति मा छु, जीवन मा सरेको छु, आशामा बाचेको छु,
बारम्बार जेल मा परेको छु तर पाप को बन्धन मा छैन
कुटिएको छु थुकिएको छु तर इस्वरिय महिमा मा छु
अभाब मा हुन्छु, दुःख मा हुन्छु तर आत्मिक आशिस ले पूर्ण छु
शारीरिक पिडा मा हुन्छु तर आत्मिक दुखाइ निको पारिएको छु
शारीरिक परिवार बाट टाडा छु तर आत्मिक परिवार ले घेरिएको छु
मरिरहेको जिउदो लाश हरु बीच म एक्लै बाचेर अरुलाई बचाउन हिडेको म मान्छे गन्तब्य मेरो अनन्त जीवन............. आमिन
{{यदि तपाई पनि हराएको, लुटिएको अनि आशाहिन, अर्थहीन, लक्षहिन जीवन जिउदै हुनुहुन्छ भने आउनुहोस संगै छलफल गरौँ, कुरा गरौँ ताकी मैले जस्तै तपाइले पनि आफ्नो थकित अनि बोझ ले गह्रौं जीवन मा शान्ति, जीवन, आशिस पाउनुहुनेछ| बाइबल मा यसरि येशुले प्रतिज्ञा गर्नु भएको छ -"हे सबै थाकेका र बोझले दबिएका हो मकहाँ आओ, म तिमीहरुलाई विश्राम दिनेछु" -मत्ती ११:२८ }}